२०८२ असार २
June 16, 2025, Monday

माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी एक महिलालाई लायन्सकाे आर्थिक सहयोग

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकदशक अगाडी गम्भीर घाईते हुनुभएकी पर्वतको जलजला गाउँपालिका वडा नं २ पूर्णगाउँकी एक महिलालाई लायन्स क्लवले ४५ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

लायन्स क्लव अफ बेनी मल्लाज, लायन्स क्लव अफ बेनी जलजलाले ४६ हजार ११० रुपैयाँ आर्थिक सहयोग संकलन गरी पीडित भगवती गौतमलाईको घरमा पुगेर हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर रहेको अवस्थामा उपचार तथा अन्य खर्चमा सहज हुने गरी आर्थिक जुटाएर सहयोग गरिएको लायन्स क्लव अफ बेनी मल्लाजका कोषाध्यक्ष किरण कार्कीले बताउनुभयो ।

सहयोग हस्तान्तण कार्यक्रममा लायन्स क्लव मल्लाजका अध्यक्ष चन्द्रबहादुर क्षत्री, लायन्स क्लव बेनी जलजलाका अध्यक्ष नारायण पौडेल लगायतको उपस्थिती रहेको थियो । विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाको रुपमा चिनिएको लायन्स क्लवले शिक्षा, स्वास्थ्य सहित सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ बैशाख २०, बिहीबार १५:०१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ बैशाख २०, बिहीबार १५:०१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ बैशाख २०, बिहीबार १५:०१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP