२०८३ श्रावण ८
July 24, 2026, Friday

मुदीमा दलित अधिकार र छुवाछुत सम्बन्धी अन्तरक्रिया कार्यक्रम

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा दलित अधिकार र छुवाछुत सम्बन्धी एक दिने अन्त्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement


म्याग्दी विकास युनेस्को केन्द्र म्याग्दीको आयोजना सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा सामाजिक कुरिती एवम् दलित अधिकार र छुवाछुत न्यूनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेस प्रसाद पुनले अझै पनि ग्रामिण भेगमा छुवाछुत रहको यसका लागि सचेतना फैलाउनु पर्ने बताउनुभयो । यस्ता कार्यका लागि पालिकाले पनि योजना भनाएर काम गरेको उहाँको भनाई थियो । त्यस्तै पालिका उपाध्यक्ष रेशम पुनले पालिका दलित समुदायको लागि लक्षित आयआर्जमा केन्द्रित भएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक कुमार गुरुङले बालविवाह र छुवाछुत सम्बन्धी कानुन र अहिलेको अबस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । त्यस्तै दलित अगुवा याम किसानले दलितको हक अधिकारका बारेमा जानकारी दिनुभएको थियो ।


सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा लगायतले बोल्नुभएको थियो ।
वडा अध्यक्ष याम बहादुर घर्तिको अध्यक्षता युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीको संचालन कार्यक्रम सम्पन्न भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP