२०८२ असार १
June 15, 2025, Sunday

मुदीमा दलित अधिकार र छुवाछुत सम्बन्धी अन्तरक्रिया कार्यक्रम

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा दलित अधिकार र छुवाछुत सम्बन्धी एक दिने अन्त्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement


म्याग्दी विकास युनेस्को केन्द्र म्याग्दीको आयोजना सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा सामाजिक कुरिती एवम् दलित अधिकार र छुवाछुत न्यूनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement


कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेस प्रसाद पुनले अझै पनि ग्रामिण भेगमा छुवाछुत रहको यसका लागि सचेतना फैलाउनु पर्ने बताउनुभयो । यस्ता कार्यका लागि पालिकाले पनि योजना भनाएर काम गरेको उहाँको भनाई थियो । त्यस्तै पालिका उपाध्यक्ष रेशम पुनले पालिका दलित समुदायको लागि लक्षित आयआर्जमा केन्द्रित भएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक कुमार गुरुङले बालविवाह र छुवाछुत सम्बन्धी कानुन र अहिलेको अबस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । त्यस्तै दलित अगुवा याम किसानले दलितको हक अधिकारका बारेमा जानकारी दिनुभएको थियो ।


सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा लगायतले बोल्नुभएको थियो ।
वडा अध्यक्ष याम बहादुर घर्तिको अध्यक्षता युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीको संचालन कार्यक्रम सम्पन्न भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ बैशाख २८, शुक्रबार ०१:२३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ बैशाख २८, शुक्रबार ०१:२३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ बैशाख २८, शुक्रबार ०१:२३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP