२०८३ भाद्र ५
August 21, 2026, Friday

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधी पसलहरुमा अनुगमन गरिएको हो ।

Advertisement

औषधी पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै व्यवस्थापन गरिएको भएपनि केहीको ल्याब मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी चेकजाँच गर्ने कोठा साँधुरो, फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाको भनाई छ ।

बुधबधार निलगिरी मेडिसिन सेन्टर,न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, ढकाल मेडिकल हल,बेनी सञ्जीविनी हेल्थ क्लिनिकमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा बेनी अस्पतालका डाक्टर रामु सापकोटाले औषधी बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सनमा औषधि वितरण गर्नुपर्ने, प्रयोगकर्ताले औषधिको दुरुपयोग गर्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका प्रतिनिधिमा ल्याब, फार्मेसीका प्रतिनिधि,म्याग्दीमा प्रहरी, प्रशासन र घरेलु तथा साना उद्योग कार्यालय लगायतको उपस्थिती रहेको थियो । बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

विगतमा अनुगमनमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको छ भने बिरामीको चेकजाँच गर्ने, ल्याबको संरचना परिवर्तन गरी सेवा सञ्चालन गर्ने गरी १ महिनासम्मको सुधारको समय समेत तोकिएको छ ।

Related News

अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
  • २०८३ भाद्र ४, बिहीबार १५:२९

हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्युआर कोड सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी...

नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
  • २०८३ श्रावण ६, बुधबार १४:०६

नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित...

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

TOP