२०८३ श्रावण ७
July 23, 2026, Thursday

दोस्रो वडाअध्यक्ष कपको आयव्यय सार्वजनिक

बेनी नगरपालिका–वडा नं. ९ तोरीपानीमा रहेको तोरीपानी युवा क्लबको आयोजना र तोरीपानी टोल सुधार संस्था र उत्साही आमा समुहको सह–आयोजनामा संचालन भएको दोस्रो वडा अध्यक्ष कप एवम् प्रथम तोरीपानी कप २०८१ को आयव्यय सार्वजनिक गरिएको छ ।

गत असोज १७ गतेदेखि २३ गते सम्म संचालन भएको उक्त प्रतियोगिताको आम्दानी तर्फ ११ लाख १३ हजार ९७० भएको छ । भने खर्च ८ लाख ६२ हजार ९३६ रुपैयाँ भएको मेला कोषाध्यक्ष एवम् क्लबका उपाध्यक्ष मदन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबलाई मेलाबाट २ लाख ५१ हजार आम्दानी भएको छ ।

उक्त वडा अध्यक्ष कप संचालनका लागि बेनपा ९ का वडा कार्यालयले १लाख ७४ हजार र बेनी नगरपालिका २० हजार रुपैयाँ सहयोग भएको थियो । क्लबले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

TOP