२०८२ बैशाख १३
April 26, 2025, Saturday

दोस्रो वडाअध्यक्ष कपको आयव्यय सार्वजनिक

बेनी नगरपालिका–वडा नं. ९ तोरीपानीमा रहेको तोरीपानी युवा क्लबको आयोजना र तोरीपानी टोल सुधार संस्था र उत्साही आमा समुहको सह–आयोजनामा संचालन भएको दोस्रो वडा अध्यक्ष कप एवम् प्रथम तोरीपानी कप २०८१ को आयव्यय सार्वजनिक गरिएको छ ।

गत असोज १७ गतेदेखि २३ गते सम्म संचालन भएको उक्त प्रतियोगिताको आम्दानी तर्फ ११ लाख १३ हजार ९७० भएको छ । भने खर्च ८ लाख ६२ हजार ९३६ रुपैयाँ भएको मेला कोषाध्यक्ष एवम् क्लबका उपाध्यक्ष मदन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबलाई मेलाबाट २ लाख ५१ हजार आम्दानी भएको छ ।

उक्त वडा अध्यक्ष कप संचालनका लागि बेनपा ९ का वडा कार्यालयले १लाख ७४ हजार र बेनी नगरपालिका २० हजार रुपैयाँ सहयोग भएको थियो । क्लबले आयव्यय सार्वजनिक गर्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएको छ ।

Advertisement

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ कार्तिक २६, सोमबार ०३:०९

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ कार्तिक २६, सोमबार ०३:०९

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ कार्तिक २६, सोमबार ०३:०९

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP