२०८३ श्रावण ७
July 23, 2026, Thursday

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा (निशान), सचिवमा अमर बोगटी, सहसचिवमा युवराज आचार्य र कोषाध्यक्षमा गिता किसान चयन हुनुभएको छ । वडा सम्मेलनका क्रममा विभिन्न पार्टीबाट १८ जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादीका जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जाली, सांसद हरिबहादुर भण्डारी, जिल्ला संयोजक सेरबहादुर केसी, नगर अध्यक्ष नगेन्द्र केसी, सचिव ओम रोका लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

कार्यक्रममा बत्ताहरुले रत्नेचौरबासीको विकास प्रतिको चाहना र आवश्यकता पुरा गर्न माओवादी पार्टीले प्राथमिकता दिएको बताउनुभयो । सुशासन, सम्बृद्धि र सामाजिक न्याय माओवादीको मुद्दा भएको बताउनुभयो ।

माओवादी सरकारमा रहँदा भ्रष्ट्राचारीलाई कारबाही, लोडसेडिङको अन्त्य, कृषकको ऋण मिनाह, मध्यपहाडी र उत्तरदक्षीण जोड्ने राजमार्गका आयोजना कार्यान्वनयमा ल्याएको बताउनुभयो । म्याग्दीबाट निर्वाचित माओवादीका नेता रेशम जुग्जाली प्रदेश सरकारमा मन्त्री हुँदा जिल्लामा हालसम्मकै धेरै बहुबर्षीय आयोजना र बजेट भित्रिएको पनि बताउनुभयो ।  

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP