Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा (निशान), सचिवमा अमर बोगटी, सहसचिवमा युवराज आचार्य र कोषाध्यक्षमा गिता किसान चयन हुनुभएको छ । वडा सम्मेलनका क्रममा विभिन्न पार्टीबाट १८ जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादीका जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो ।

Advertisement

माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जाली, सांसद हरिबहादुर भण्डारी, जिल्ला संयोजक सेरबहादुर केसी, नगर अध्यक्ष नगेन्द्र केसी, सचिव ओम रोका लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

कार्यक्रममा बत्ताहरुले रत्नेचौरबासीको विकास प्रतिको चाहना र आवश्यकता पुरा गर्न माओवादी पार्टीले प्राथमिकता दिएको बताउनुभयो । सुशासन, सम्बृद्धि र सामाजिक न्याय माओवादीको मुद्दा भएको बताउनुभयो ।

माओवादी सरकारमा रहँदा भ्रष्ट्राचारीलाई कारबाही, लोडसेडिङको अन्त्य, कृषकको ऋण मिनाह, मध्यपहाडी र उत्तरदक्षीण जोड्ने राजमार्गका आयोजना कार्यान्वनयमा ल्याएको बताउनुभयो । म्याग्दीबाट निर्वाचित माओवादीका नेता रेशम जुग्जाली प्रदेश सरकारमा मन्त्री हुँदा जिल्लामा हालसम्मकै धेरै बहुबर्षीय आयोजना र बजेट भित्रिएको पनि बताउनुभयो ।  

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!