२०८३ बैशाख २०
May 3, 2026, Sunday

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार जिल्ला सदरमुकाम बेनीमा सुरु भएको प्रतियोगिताको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

Advertisement

नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुविच एकता , खेलाडीहरुको खेलप्रतिभाको पहिचान ,अनुशासन कायम र खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

Advertisement

विभिन्न विद्याका खेलकुद प्रतियोगितामा तीस स्वर्ण पदकका लागि प्रतिस्पर्दा हुनेछन् । जिल्ला खेलकुद विकास समितिका अधयक्ष दिनेश केसीले दुई दिन सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके अनुसारका सबै खेलकुदहरु प्रतियोगितामा समावेश गरिएको बताउनुभयो ।

जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुले आगामी प्रदेशस्तरीय राष्ट्रपति कपमा छनोट हुनेछन् । जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडीले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ माघ २८, सोमबार १३:११

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ माघ २८, सोमबार १३:११

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ माघ २८, सोमबार १३:११

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP