२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार जिल्ला सदरमुकाम बेनीमा सुरु भएको प्रतियोगिताको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

Advertisement

नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुविच एकता , खेलाडीहरुको खेलप्रतिभाको पहिचान ,अनुशासन कायम र खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

Advertisement

विभिन्न विद्याका खेलकुद प्रतियोगितामा तीस स्वर्ण पदकका लागि प्रतिस्पर्दा हुनेछन् । जिल्ला खेलकुद विकास समितिका अधयक्ष दिनेश केसीले दुई दिन सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके अनुसारका सबै खेलकुदहरु प्रतियोगितामा समावेश गरिएको बताउनुभयो ।

जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुले आगामी प्रदेशस्तरीय राष्ट्रपति कपमा छनोट हुनेछन् । जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडीले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ माघ २८, सोमबार १३:११

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ माघ २८, सोमबार १३:११

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ माघ २८, सोमबार १३:११

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP