२०८२ आश्विन १
September 17, 2025, Wednesday

म्याग्दीमा पहिरोले तीन घर विस्थापित

गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् ।

Advertisement

पहिरोसँगै  खसेको ठुलो ढुङ्गाले स्थानीय चन्द्रबहादुर पटेल, खड्कबहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति गरेको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले विस्थापित परिवार छिमेकी मनदेवी बराइलीको घरमा आश्रय लिएर बस्नुभएको छ ।मोतिसराको भैंसी गोठमा क्षति गरेको छ ।

Advertisement

पहिरोले छानो र पर्खालमा बढी क्षति पुगेको छ । यसैगरी, उच्च जोखिममा रहेका सुशिला पटेल, शान्ति पटेल, दिपक पटेल तथा भोजमाया बिकको परिवाराई सुरक्षित स्थानमा सारिएको वडा सदस्य भिमकुमारी पुनले जानकारी दिनुभयो । वडा सदस्य भीमकुमारी लगायत स्थानीयबासीले उद्धार गरेका थिए । वडा सदस्य भिमकुमारी पुनले पहिरोबाट विस्थापित परिवारलाई आर्थिक सहयोग र पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, प्रहरी टोली लगायतको टोलीले पहिरो प्रभावित क्षेत्रमा शुक्रबार स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारलाई तत्काल राहतस्वरुप खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएको छ ।

Related News

‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर
‘अपर’ राहुघाट ४८.५ मेगावटको परिक्षण उत्पादन शुरु (फोटो फिचर
  • २०८२ भाद्र १३, शुक्रबार १६:५१

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत आयोजनाको बुधबारदेखि परिक्षण...

घतानमा तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप असोज ६ गतेदेखि नेप्टेचौरमा हुने
घतानमा तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप असोज ६ गतेदेखि नेप्टेचौरमा हुने
  • २०८२ भाद्र १३, शुक्रबार १६:५१

म्याग्दी, ३० असोज ।म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन हुने तेस्रो वडा अध्यक्ष कपको...

म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली
म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली
  • २०८२ भाद्र १३, शुक्रबार १६:५१

दरवाङ, १५ भदौ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र...

TOP