२०८३ भाद्र ५
August 21, 2026, Friday

अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी

हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्युआर कोड सञ्चालनमा ल्याइएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आधार शिविरको पदयात्राका लागि जाने पर्यटकको सुरक्षा र सूचना तथा जानकारी सहज तरिकारले उपलब्ध गराउन क्युआर कोडमार्फत पदयात्रीले अन्नपूर्ण आधार शिविरको सम्पूर्ण जानकारी लिन सक्ने बनाएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आठ हजार ९१ मिटर उचाइमा छ ।

क्युआर कोडमार्फत अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो । क्युआर कोड मोबाइलमा स्क्यान गरेपछि प्रहरी कार्यालय, फोन नम्बर, होटेलको जानकारी, आधार शिविर जान लाग्ने समय, पदमार्गको अवस्था, नारच्याङको बेसीगाउँदेखि पदमार्ग सुरु हुने हुमखोलासम्मको सडकको अवस्था र सञ्चालन हुने यातायात साधनको नम्बरसहितको सम्पूर्ण विवरण हेर्न सकिने छ ।

धेरै पर्यटकले आधार शिविरका बारेमा प्रहरी कार्यालयमा फोन गरेर जानकारी लिने गरेकाले पर्यटकको सहजताका लागि क्युआर कोड सञ्चालन गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयकै जनशक्ति र क्षमता उपयोग गरेर क्युआर कोड विकास गरिएको उहाँले बताउनुभयो । उक्त क्युआर कोडलाई बेनीको बसपार्क, भुरुङ तातोपानी, अन्नपूर्ण आधार शिविर जाने मौसिरस हर्जोग पदमार्ग र ठुला पर्यटकीय होटलहरूमा टाँसिने सूचना अधिकारी तिमिल्सिनाले बताउनुभयो ।

पछिल्लो समय अन्नपूर्ण आधार शिविर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

Related News

नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
  • २०८३ श्रावण ६, बुधबार १४:०६

नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित...

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
  • २०८१ असार २६, बुधबार १३:४९

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५...

TOP