२०८३ श्रावण ८
July 24, 2026, Friday

बेनी नगरको सिफारिसको शुल्क परिमार्जन

म्याग्दीको बेनी नगरपालिकाको बैदेशिक प्रयोजनका लागि (विदेशका लागि अंग्रेजी) सिफारिस शुल्कमा परिमार्जन गरेको छ । १७ औँ नगरसभाका अवसरमा वडा नं. ७ का वडा सदस्य सोहन श्रेष्ठ विश्वासको प्रस्तावमा सभाले उक्त शुल्क एक हजार घटाएर अन्य सिफारिसको शुल्क पाँच सय बनाएको हो ।

Advertisement

हाल बेनी नगरपालिका वडा कार्यालयबाट विदेश जाने नागरिकका लागि अंग्रेजी सिफारिसपत्र तयार गर्दा रु. १००० सेवा शुल्क लिइँदै आएको छ । सदस्य श्रेष्ठले भन्नुभयो, वैदेशिक रोजगारी र अध्ययनका लागि जाने नेपालीहरूका लागि यो शुल्क केही महँगो र बोझिलो महसुस भइरहेको छ ।

विदेशमा जाने सेवाग्राहीले अक्सर धेरै कागजात तयार गर्नु पर्ने भएकाले यो शुल्क उनीहरूका लागि थप बोझिलो हुन्छ उहाँले भन्नुभयो ‘मलाई यो शुल्क निकै महंगो लागेको थियोे, विदेश जाने सबै आर्थिकमा सक्षम हुन्छन् भन्ने हुदैनन् आर्थिक अभावका करणले पनि कतिपय काम वडामा आएर रोकिने देखेर मैले यो प्रस्ताव नगर सभामा पेश गरेको हुँ ।’

सदस्यले गरेको प्रस्तावमा नगरप्रमुख सुरत केसीले उक्त शुल्कलाई घटाएर पाँच सय बनाउने प्रस्ताव सभामा पेश गर्नुभएको थियो । सभामा उक्त शुल्क घटाउने प्रस्ताव बहुमतले पारित गरेको थियो ।
सदस्य श्रेष्ठले यस अघिका नगरसभामा पनि यस्ता बिषयहरु उठान गर्दै आउनुभएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

TOP