
दिपायल – शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायर एम्बुलेन्स सहित भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । बुधबार बिहान गएको भूकम्पका कारण घर भत्किएर घाइते भएका पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँ स्थानीयको उद्धारका लागि उनी नगरपालिका एम्बुलेन्स सहित खटिएका हुन् ।
भूकम्पका कारण सो क्षेत्रका ७ जना घाइते भएका छन् भने ६ जनाको मृत्यु भएको छ । बिहानै अप्रिय खबर सुने पछि त्यहाँका भूकम्प पीडित नागरिकहरुको सहयोगका लागि नगरको एम्बुलेन्स सहित खटिएको उनले बताए ।

विपद् र सङ्कट कहाँ कहिले कस्लाई आउँछ थाह हुँदैन,”उनले भने,”स्थानीय सरकारले पनि एक आपसमा सहयोग सदभाव बाँड्दै जानु पर्छ । दुःख खुशमा एक अर्कालाई साथ दिनु पर्छ। विशेष त पीडित जनतालाई थोरै भए पनि राहत हुन्छ , चाँडै उपचार पाउँछन् भनेर खटिएको हुँ।

नगरप्रमुख बलायरले भूकम्पको असार केही दिन अझै देखिने भएकाले नागरिकहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् । उनले यस अवधिमा सुरक्षित खुला चौर र मैदानमा बस्न आग्रह गर्दै समस्या परेको अवस्थामा सिधै सम्पर्क गर्न भन्दै जनप्रतिनिधि र कर्मचारीहरुको नम्बर सार्वजनिक गरेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



