२०८३ आश्विन १
September 17, 2026, Thursday

समस्यामा डोटीका भूकम्प पीडित : छाउछाप्रोमा सर्पको त्रास

डोटी । भूकम्पले पालको बास बस्न बाध्य डोटीको पूर्वीचौको–३, गैरागाउँकी १५ वर्षीया देवी भुललाई महिनावारी हुँदा छाउछाप्रोमा बस्न निकै कठिन छ। देवी भुलको छाउछाप्रो च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर बनाइएको छ। फलेकमाथि एकसरो लुगाले चिसोमा रात कटाउनु देवी भुलको बाध्यता छ ।

Advertisement

गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुन्छ। देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्पपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ पालना गर्न थालेका छन् । स्थानीय जयराम भूलले भने, “केही दिनअघि मात्र छाउगोठ नजिकै सर्प देखिएको छ। यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो। छाउपडी नमान्ने कुरा त हामी सोच्नै पनि सक्दैनौँ।”

महिनावारी हुँदा बस्नका लागि परम्परागत रूपमा बनाइएका छाउगोठ भूकम्पका कारण भत्किएका छन्। हालै निर्माण गरिएका छाउगोठ हावा लाग्दासमेत उडाएर लैजाने किसिमका छन्। एक जनाले खुट्टा तानेर सुत्नसमेत नमिल्ने ठाउँमा महिनावारी हुँदा तीनरचार जनाले कोचिएर प्रत्येक महिना पाँच दिनसम्म बस्नु परेको स्थानीय मनिदेवी बोहराले बताइन् ।

बोहराले भनिन्, “पहिलाका छाउगोठमा त भित्रै आगो बाल्न मिल्ने त हुन्थ्यो आजभोलि आफू मात्र बस्न मिल्ने गरी बनाएका छौँ। छाउ हुँदा साह्रै समस्या हुन्छ। खुट्टा तानेरसमेत सुत्न सकिँदैन।” भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षालगायतका जनचेतनामूलक क्रियाकलापको आवश्यकता रहेको छ। देउता रिसाउने र गाई–भैँसीले दूध नदिने डरले महिनावारी हुँदा, महिलालाई दूध, दहीलगायत पोसिलो खानेकुरा दिइँदैन।

महिनावारी हुँदा ओढ्ने र ओछ्याउनेसमेत अलग्गै हुन्छ । पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताइन् । राज्यले छाउपडी प्रथालाई अपराध मानेको छ। मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० दफा १६८ को उपदफा–३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ ।  गोरखापत्र

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP