२०८३ श्रावण १२
July 28, 2026, Tuesday

माधव नेपालले गरे सरकारमा जाने सङ्केत

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने सङ्केत दिएका छन् ।

Advertisement

गैर भौगोलिक कमिटीका नेताहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने सङ्केत दिएका हुन् ।

भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए ।

ब्रिफिङकै क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले बताए ।

उनका अनुसार प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा जानु नै उचित हुन्छ भन्ने धेरैको मत छ । तर नेकपा एमालेसँग तत्काल एकतामा जान हतार हुने सुझाव धेरैले दिएका छन् ।

अध्यक्ष नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा भए पनि पार्टी एकतासम्मको कुरा नभएको ब्रिफिङ गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्ड सहित एमाले र माओवादी नेताहरुले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् । उनले सोचेरै निर्णय लिन विभिन्न पक्षसँग कुराकानी भइरहेको बताएका छन् ।

ओली, प्रचण्ड, वामदेव गौतमदेखि घनश्याम भुसाल र भीम रावलसँग पनि कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP