२०८३ श्रावण ११
July 27, 2026, Monday

बेनी बचतलाई उत्कृष्ट सहकारी घोषणा

म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट सहकारी घोषणा गरेको छ । बैंकको गण्डकी प्रदेश इकाईका शनिबार पोखरा सभागृहमा भएको १९ औ साधारणसभामा बागलुङ शाखा अन्तरगतका सहकारी संस्थाहरु मध्य बेनी बचतलाई उत्कृष्ट घोषणा गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बैंकले बनाएको विभिन्न सूचकहरुको आधारमा बेनी बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी घोषणा गर्नुभएको थियो । साधारणसभामा बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी सहभागी हुनुभएको थियो । २१ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत र ऋण लगानीको सुविधा सहित विभिन्न सामाजिक क्रियाकलापमा समेत योगदान गरेको छ ।

सहकारीमा एक हजार ७४२ जना सदस्यको रु. तीन करोड ७३ लाख ५७ हजार ८०० सेयर पुँजी रहेको छ । रु. ४२ करोड ६७ लाख ३३ हजार ४१० निक्षेप संकलन र रु. ४१ करोड ३५ लाख ७३ हजार ४१० कर्जा लगानी गरेको छ । ४७१ जना ऋणी सेयर सदस्य रहेका छन् । सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । बेनी बचत राष्ट्रिय सहकारी बैंकको सदस्य हो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP