म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट सहकारी घोषणा गरेको छ । बैंकको गण्डकी प्रदेश इकाईका शनिबार पोखरा सभागृहमा भएको १९ औ साधारणसभामा बागलुङ शाखा अन्तरगतका सहकारी संस्थाहरु मध्य बेनी बचतलाई उत्कृष्ट घोषणा गरिएको थियो ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बैंकले बनाएको विभिन्न सूचकहरुको आधारमा बेनी बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी घोषणा गर्नुभएको थियो । साधारणसभामा बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी सहभागी हुनुभएको थियो । २१ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत र ऋण लगानीको सुविधा सहित विभिन्न सामाजिक क्रियाकलापमा समेत योगदान गरेको छ ।
सहकारीमा एक हजार ७४२ जना सदस्यको रु. तीन करोड ७३ लाख ५७ हजार ८०० सेयर पुँजी रहेको छ । रु. ४२ करोड ६७ लाख ३३ हजार ४१० निक्षेप संकलन र रु. ४१ करोड ३५ लाख ७३ हजार ४१० कर्जा लगानी गरेको छ । ४७१ जना ऋणी सेयर सदस्य रहेका छन् । सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । बेनी बचत राष्ट्रिय सहकारी बैंकको सदस्य हो ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...