२०८२ बैशाख ५
April 18, 2025, Friday

म्याग्दीका सहकारीहरुको अहिलेको अबस्थाको बिषयमा अन्तरक्रिया

जिल्लामा सञ्चालित सहकारी संस्थाका संचालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । आईतबार सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेडको समन्वयमा जिल्लामा संचालित सहकारीको समसामयिक विषयमा छलफल भएको हो । बेनी नगरपालिका प्रमुख सुरत केसीले सहकारीलाई व्यवस्थित संचालनका लागि संचालक समिति तथा सहकारीकर्मीहरु सचेत हुनुपुर्ने बताउनुभयो ।

Advertisement

सहकारीभित्र हिजो भएका साना साना गल्तीका कारण आज विकराल समस्या उत्पन्न भएको बताउँदै नगर प्रमुख केसीले सहकारीले लगानी गर्दा विचार पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय जिल्लाका कतिपय सहकारीहरुले सदस्य तथा अन्य सेवाग्राहीले बचत गरेको रकम फिर्ता गर्न समेत नसकेको गुनासो आएको बताउँदै व्यस्थित रुपमा संचालनका लागि संचालक समिति तथा सदस्यहरु समेत गम्भिर बन्न आवश्यक रहेको बताउनुभयो ।

Advertisement

पछिल्लो समय सहकारी तरलताको अभाव बढदै गएपछि सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था छ । सहकारी सम्वन्धी उजुरी बढ्दै गएपछि सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्ती र शाखा अधिकृत चौलाकान्त वाग्लेले बेनी नगरपालिकाको सभाहलमा सहकारीका संचालक र कर्मचारी उपस्थित गराएर सहकारीको समसामयिक विषय, समस्या र सहकारीका नीति नियमबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पछिल्लो समय सहकारीले बचत फिर्ता गर्न नसकेको अवस्था सिर्जना भएको हुदाँ संचालक र कर्मचारीले सहकारीको गतिविधिबारे सहकारी नियगमनकारी निकायमा नियमित रिपोटिङ, अध्यावधिक, शुसासन, शियर सदस्यविच छलफल लगायतको विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो । जिल्लामा पछिल्लो समय सहकारीमा बचत फिर्ता नभएपछि बचतकर्ताले सहकारी विरुद्ध पालिका, प्रशासन र सहकारी रजिष्टार कार्याल लगायतमा उजुरी बढ्दै गएको छ ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०७९ पुष २४, आईतवार १४:००

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०७९ पुष २४, आईतवार १४:००

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०७९ पुष २४, आईतवार १४:००

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP