२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

धवलागिरीको थप ३४ करोड बजेट पारित

धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ ।

Advertisement

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।

Advertisement

“गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो “निर्माणाधिन अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेका हौ ।”

निर्माणाधीन प्रशासकीय भवनलाई रु. एक करोड, विपद् कोषमा रु. पचास लाख, मराङ खानेपानी योजनालाई रु. ७३ लाख ३० हजार, गुर्जा स्वास्थ्य चौकीलाई रु. २३ लाख, लुलाङ वडा कार्यालयलाई रु. १२ लाख, ताकम वडा कार्यालयलाई रु. सात लाख पचास हजार विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो ।

यी आयोजनाहरु यसअघिका आर्थिक वर्षमा ठेक्का सम्झौता भएर निर्माणाधिन थिए । चालु आर्थिक वर्षमै सम्पन्न गराउनका लागि थप बजेट बिनियोजन गरिएको हो । गत बर्खाको बाढीले क्षति पुगेका ४ वटा लघुजलविद्युत परियोजना संरक्षणका लागि रु. १५ लाख, सडक मर्मतका लागि रु. १५ लाख, ह्युमपाइप खरिदलाई रु. १० लाख, खिबाङ–खाम्ला सडकलाई रु. १० लाख ३१ हजार ६२० बिनियोजन भएको छ ।

लुलाङ आधारभुत विद्यालयलाई रु. सात लाख, गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई रु. तीन लाख, खानेपानी पाइप खरिदलाई रु. तीन लाख, बाँसबोट मोटरबाटोलाई रु. एक लाख ५० हजार, शैक्षिक प्रोफाइलको लागि रु. एक लाख पचास हजार, म्याग्दी महोत्सवलाई रु. एक लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि रु. एक लाख विनियोजन भएको छ ।

लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको सभाले वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ ।

गत असारमा भएको सोहै गाउँसभाबाट रु. ४० करोड ४९ लाख ४९ हजार बजेट बिनियोजन भएकोमा आर्थिक वर्षको छ महिनाको अवधिमा ३०.६५ प्रतिशत खर्च भएको लेखा शाखाका प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । १२४ वटा योजना मध्ये हालसम्म ८२ वटा सम्झौता र आठ वटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको योजना शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष पुनले योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य, गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ पुष २६, मंगलवार ०३:०७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ पुष २६, मंगलवार ०३:०७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ पुष २६, मंगलवार ०३:०७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP