२०८३ आश्विन १
September 17, 2026, Thursday

धवलागिरीको थप ३४ करोड बजेट पारित

धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ ।

Advertisement

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।

“गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो “निर्माणाधिन अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेका हौ ।”

निर्माणाधीन प्रशासकीय भवनलाई रु. एक करोड, विपद् कोषमा रु. पचास लाख, मराङ खानेपानी योजनालाई रु. ७३ लाख ३० हजार, गुर्जा स्वास्थ्य चौकीलाई रु. २३ लाख, लुलाङ वडा कार्यालयलाई रु. १२ लाख, ताकम वडा कार्यालयलाई रु. सात लाख पचास हजार विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो ।

यी आयोजनाहरु यसअघिका आर्थिक वर्षमा ठेक्का सम्झौता भएर निर्माणाधिन थिए । चालु आर्थिक वर्षमै सम्पन्न गराउनका लागि थप बजेट बिनियोजन गरिएको हो । गत बर्खाको बाढीले क्षति पुगेका ४ वटा लघुजलविद्युत परियोजना संरक्षणका लागि रु. १५ लाख, सडक मर्मतका लागि रु. १५ लाख, ह्युमपाइप खरिदलाई रु. १० लाख, खिबाङ–खाम्ला सडकलाई रु. १० लाख ३१ हजार ६२० बिनियोजन भएको छ ।

लुलाङ आधारभुत विद्यालयलाई रु. सात लाख, गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई रु. तीन लाख, खानेपानी पाइप खरिदलाई रु. तीन लाख, बाँसबोट मोटरबाटोलाई रु. एक लाख ५० हजार, शैक्षिक प्रोफाइलको लागि रु. एक लाख पचास हजार, म्याग्दी महोत्सवलाई रु. एक लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि रु. एक लाख विनियोजन भएको छ ।

लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको सभाले वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ ।

गत असारमा भएको सोहै गाउँसभाबाट रु. ४० करोड ४९ लाख ४९ हजार बजेट बिनियोजन भएकोमा आर्थिक वर्षको छ महिनाको अवधिमा ३०.६५ प्रतिशत खर्च भएको लेखा शाखाका प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । १२४ वटा योजना मध्ये हालसम्म ८२ वटा सम्झौता र आठ वटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको योजना शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष पुनले योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य, गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP