२०७९ चैत्र १५
March 29, 2023, Wednesday

धवलागिरीमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

बेनी, २६ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो ।

Advertisement

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेगबहादुर बानियाले सहजिकरण गर्नुहुने जनाइएको छ । कार्यक्रम उद्घाटन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष पुनले शैक्षिक समस्या र आवश्यकता पहिचान गरेर विद्यालय सुधार योजना बनाउन प्रअहरुलाई निर्देशन दिनुभयो ।

स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले सञ्चालन र शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देविन्द्र रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ पुष २६, मंगलवार १३:४७

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ पुष २६, मंगलवार १३:४७

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ पुष २६, मंगलवार १३:४७

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP