२०८३ श्रावण १०
July 26, 2026, Sunday

धवलागिरीमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

बेनी, २६ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

Advertisement

धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेगबहादुर बानियाले सहजिकरण गर्नुहुने जनाइएको छ । कार्यक्रम उद्घाटन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष पुनले शैक्षिक समस्या र आवश्यकता पहिचान गरेर विद्यालय सुधार योजना बनाउन प्रअहरुलाई निर्देशन दिनुभयो ।

स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले सञ्चालन र शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देविन्द्र रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP