२०८० चैत्र १६
March 29, 2024, Friday

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा सम्पन्न

Advertisement

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर धामको महत्वको प्रचारप्रसार र मुक्तिनाथ जाने आउने पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखेका थिए ।

कोषाध्यक्ष कुमारी रोकाले गत आर्थिक वर्षमा रु। तीन करोड ६५ लाख १९ हजार १९६ आम्दानी र रु। ७४ लाख ३६ हजार ९६० खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म रु। तीन करोड ३७ लाख ६४५ आम्दानी, रु। २० लाख दुई हजार ९८३ खर्च र रु। तीन करोड १६ लाख ९७ हजार ६६२ बचत रहेको जानकारी दिनुभयो ।
कोषको मुख्य आम्दानीको रुपमा विभिन्न बैंक तथा सहकारी संस्थामा मौज्दात रहेको रकमको ब्याज, भक्तजनले चढाउने भेटि र सहयोग रहेको छ । मन्दिरको आम्दानी कोषको कार्यालय, मन्दिरमा पुजा व्यवस्थापन, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन भएको छ ।
कोषका सचिव बलबहादुर केसीले एक वर्षअघि निर्वाचित भएको समितिले कालीगण्डकीको पानी मन्दिर परिसरमा ल्याएर ११ धारा बनाई स्नान गर्ने व्यवस्था मिलाएको, मेलापर्वको भोलिपल्टनै र अन्य समयमा मासिक रुपमा भेटि गनेर सार्वजनिक गरिएको बताउनुभयो ।
सामाजिक विकास कार्यालयको सहयोगमा कोषको सचिवालय, यात्री निवास तथा शिवलिङ्गमा रंगरोगन गरिएको, कोषका सदस्य रबिन्द्र कार्कीले रु। दुई लाख पाँच हजार पाँच सय खर्चेर कृतन मण्डप मर्मत गर्नुभएको र पोखरा, धरानका भक्तजनले एक करोड २७ लाख श्रीराम लेखी स्तम्ब निर्माण गर्नुभएको छ ।
उपाध्यक्ष बमबहादुर पुनले गलेश्वर बजारलाई रातमा उज्यालो बनाउन सडक बत्ती जडान र कालीगण्डकी नदी किनारको स्नान स्थल जाने बाटो बनाउने योजना रहेको बताउनुभयो । हवन कुण्ड र यज्ञशाला मर्मत, सवदाह संस्कार स्थल निर्माण र शिवालय परिसरमा रहेको चौतारी मर्मत गर्ने योजना रहेको उपाध्यक्ष पुनले बताउनुभयो ।

स्तम्भको पुजा खर्चको लागि श्रीराम भक्तहरुले रु। तीन लाख ४८ हजार ८६८ कोषलाई हस्तान्तरण गर्नुभएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संस्थाको पारदर्शीता, पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै गलेश्वरमा भक्तजन बढेका बताउदै यसलाई अझै व्यवस्थित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर भक्तजनले क्युआर कोड मार्फत सिधै खातामा भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । गलेश्वरमा आवश्यक योजनाको डिपिआर तयार पारि स्थानीय तह, प्रदेश र संघीय सरकारका मन्त्री र अधिकारीहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

Related News

म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
  • २०७९ पुष २७, बुधबार १५:०५

म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई...

१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
  • २०७९ पुष २७, बुधबार १५:०५

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । Advertisement...

रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
  • २०७९ पुष २७, बुधबार १५:०५

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम...

TOP