२०७९ चैत्र १५
March 29, 2023, Wednesday

लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी प्रथम

 बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् ।
म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता हुँदा श्रीकृष्ण हार्डवयरको तर्फबाट सहभागी कलाकारहरु तेस्रो र बानियाँ गहना पसलको तर्फबाट सहभागी कलाकारहरु सान्त्वना हुन सफल भएका छन् ।


लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद रु एक लाख ११ हजार १११ , रु ५५ हजार ५५५, रु ३० हजार र रु १५ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । पुरस्कृत कलाकारहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष एवम् साँस्कृतिक संयोजक सुविन श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Advertisement

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ माघ ७, शनिबार १६:१९

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ माघ ७, शनिबार १६:१९

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ माघ ७, शनिबार १६:१९

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP