२०८३ श्रावण ९
July 25, 2026, Saturday

लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी प्रथम

 बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् ।
म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता हुँदा श्रीकृष्ण हार्डवयरको तर्फबाट सहभागी कलाकारहरु तेस्रो र बानियाँ गहना पसलको तर्फबाट सहभागी कलाकारहरु सान्त्वना हुन सफल भएका छन् ।


लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद रु एक लाख ११ हजार १११ , रु ५५ हजार ५५५, रु ३० हजार र रु १५ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । पुरस्कृत कलाकारहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष एवम् साँस्कृतिक संयोजक सुविन श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP