२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ। बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो ।काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो ।ग्रामिण क्षेत्रमा बसोबास गर्नेलाई वित्तिय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको बिकास गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र बेनीबजार बाहेक पहिलोपटक बाणिज्य बैंकले तातोपानीमा स्थापना गरेका एक्सटेन्सन काउण्टरले जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तकिर तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो ।कार्यक्रममा वडा सदस्य प्रेम पुन, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बाणिज्य बैंकले सेवा विस्तारले स्थानीयबासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।कार्यक्रम बेनी शाखा प्रबन्धक शोकेन्द्र थापाको अध्यक्षता, स्वागत प्रदेश प्रमुख इश्वरीप्रसाद जोशी र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको सञ्चालन संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ग्लोबल आइएमईले बैंक अफ काठमाण्डौलाई मर्जर गरेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । हाल देशरभर देशभर ३६५ शाखा, २ सय २१ शाखरहित सेवा, ३ सय ६९ स्थानमा एटिएम र विदेशमा ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय रहेको छ ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ माघ ११, बुधबार ०८:३५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ माघ ११, बुधबार ०८:३५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ माघ ११, बुधबार ०८:३५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP