२०८३ श्रावण ९
July 25, 2026, Saturday

ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ। बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो ।काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो ।ग्रामिण क्षेत्रमा बसोबास गर्नेलाई वित्तिय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको बिकास गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र बेनीबजार बाहेक पहिलोपटक बाणिज्य बैंकले तातोपानीमा स्थापना गरेका एक्सटेन्सन काउण्टरले जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तकिर तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो ।कार्यक्रममा वडा सदस्य प्रेम पुन, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बाणिज्य बैंकले सेवा विस्तारले स्थानीयबासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।कार्यक्रम बेनी शाखा प्रबन्धक शोकेन्द्र थापाको अध्यक्षता, स्वागत प्रदेश प्रमुख इश्वरीप्रसाद जोशी र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको सञ्चालन संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ग्लोबल आइएमईले बैंक अफ काठमाण्डौलाई मर्जर गरेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । हाल देशरभर देशभर ३६५ शाखा, २ सय २१ शाखरहित सेवा, ३ सय ६९ स्थानमा एटिएम र विदेशमा ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय रहेको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP