२०८३ बैशाख १९
May 2, 2026, Saturday

अनेरास्ववियु म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन

Advertisement

नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले म्याग्दी को २०औ जिल्ला अधिबेशनबाट मिलन खत्रीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा सुनिता बेलवासे, सचिव खुम बहादुर किसान,सहसचिब उदय बहादुर दर्जी र कोषाध्यक्षमा सागर शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

Advertisement

अधिवेशनको अनेरास्ववियु केन्द्रिय उपमहासचिव नरेश रोकायले उद्घाटन गदैं अनेरास्ववियुले देशभर सङ्गठन विस्तारलाई तिब्रता दिने बताउनुभयो । उहाँले देशकै ठूलो विद्यार्थी संगठन भएकाले सङ्गठन विस्तार र सदस्यता वितरणको कामलाई थप विस्तार गर्ने बताउनुभयो ।

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष खत्रीले जिल्लामा विद्यार्थीको हकहितमा केन्द्रित भएर योजना बनाउने, विद्यार्थीको समस्या समाधान गर्ने तथा सङ्गठन विस्तार सहितका गतिविधिलाई समेत प्राथमिकता दिने बताउनुभयो ।

अधिवेशनमा नेकपा एमालेका निर्वतमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव थमसरा पुन, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, अनेरास्ववियूका केन्द्रिय सचिप सुजन भट्टराई, गण्डकी प्रदेश कमिटीका अध्यक्ष प्रकाश पौडेल, केन्द्रिय सचिवालय सदस्य प्रविण श्रेष्ठ, केन्द्रिय सचिवालय सदस्य सुवास विश्वकर्मा जिल्लास्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनमा ३४ बढी विद्यालय र २ क्याम्पसबाट प्रतिनिधि र परिवेक्षक गरी ३ सय जनाको सहभागिता रहेको थियो । अधिवेशनको अध्यक्षता दर्पण रोकाले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ १३, शुक्रबार ०३:२९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ १३, शुक्रबार ०३:२९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ १३, शुक्रबार ०३:२९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP