२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

नेविसंघको रक्तदानमा ३२ पिन्ट रगत संकलन

नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सन्त नेताको चर्चा गदैं रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसका निमित्त प्राध्यापक, विद्यार्थी लगायत गरी ३२ जनाले रक्तदान गरेको इकाई सभापति सुजता खत्रीले बताउनुभयो ।विद्यार्थीको हकहितसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको संघले रक्तदान सहित विद्यार्थीको हकहितलाई समेत प्राथमिकता दिएको खत्रीको भनाई थियो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठले आर्दशबादी नेताको योगदानलाई सधै सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठले आर्दशबादी नेताको योगदानलाई सधै सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ माघ २६, बिहीबार १६:२३

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ माघ २६, बिहीबार १६:२३

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ माघ २६, बिहीबार १६:२३

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP