२०८३ श्रावण ९
July 25, 2026, Saturday

नेविसंघको रक्तदानमा ३२ पिन्ट रगत संकलन

नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सन्त नेताको चर्चा गदैं रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसका निमित्त प्राध्यापक, विद्यार्थी लगायत गरी ३२ जनाले रक्तदान गरेको इकाई सभापति सुजता खत्रीले बताउनुभयो ।विद्यार्थीको हकहितसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको संघले रक्तदान सहित विद्यार्थीको हकहितलाई समेत प्राथमिकता दिएको खत्रीको भनाई थियो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठले आर्दशबादी नेताको योगदानलाई सधै सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठले आर्दशबादी नेताको योगदानलाई सधै सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP