२०८३ भाद्र २
August 18, 2026, Tuesday

बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन

ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ ।

Advertisement

संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना भएर उपचार गराउन ुपर्ने भएमा वार्डतर्फ ज्येष्ठ नागरिकहरुको छुट्टै कक्ष सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अस्पतालमा उपचारमाआउने ज्येष्ठ नागरिकहरुलाई छुट्टै कक्षमा उपचार सेवा संगै उमेर समुह र आर्थिक अवस्थाको आधारमा स्वास्थ्य परिक्षणतर्फ थप छुट सहुलियतको समेत व्यवस्थागरिएको अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले जानकारी दिनुभयो ।

अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालनकालागि संघीय सरकारबाट २१ लाख बजेट प्राप्तभएको छ । उक्त बजेटमध्ये ३० प्रतिशत भौतिक संरचना र औजार खरिदमा परिचालन गरिएको र ७० प्रतिशत बजेट विरामीहरुको औषधि उपचारमा परिचालन हुने अस्पतालले जनाएको छ ।

अस्पतालले ज्येष्ठ नागरिकहरुको उपचारको लागि ओपीडि र वार्ड कक्षमा आवश्यक औजार, उपकरण र सामाग्रीको व्यवस्थापन गरिसकेको छ । अस्पतालले सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक उपचार कक्ष अन्तरगत ओपिडि सेवामा परिक्षण सेवामा बढीमा १ हजार २ सय र वार्डमा ४ हजारको परिधिमा रहेर सेवा उपलब्ध गराउने डाक्टर लामिछानेले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक परिचयपत्र र नागरिकताको आधारमा ६० बर्ष उमेर पुगेकाहरुलाई उक्त सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ । अस्पतालको सामाजिक सेवाएकाई अन्तरगत सञ्चालनमा आएको यस सेवा अन्तरगत ६० देखि ६९ उमेर सम्मकालाई ५० प्रतिशत, ७० देखि ७९ बर्षसम्मकालाई ७५ प्रतिशत, ८० देखि ८४ बर्षसम्मका लागि तोकिएको सेवा पुरा निशुल्क र ८५ बर्ष माथिका नागरिकको लागि सबै सेवा निशुल्क प्रदान गरिने अस्पतालका डाक्टर निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा सञ्चालनमा ल्याइएको ज्येष्ठ नागरिक उपचार कक्षको सुभारम्भ गर्दै नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले यो सेवाले ज्येष्ठ नागरिकहरुले सहज, सरल र सर्वसुलभ तवरले आधारभुत स्वास्थ्य उपचारको प्रत्याभुति दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP