२०७९ चैत्र १५
March 29, 2023, Wednesday

बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन

ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ ।

Advertisement

संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना भएर उपचार गराउन ुपर्ने भएमा वार्डतर्फ ज्येष्ठ नागरिकहरुको छुट्टै कक्ष सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

अस्पतालमा उपचारमाआउने ज्येष्ठ नागरिकहरुलाई छुट्टै कक्षमा उपचार सेवा संगै उमेर समुह र आर्थिक अवस्थाको आधारमा स्वास्थ्य परिक्षणतर्फ थप छुट सहुलियतको समेत व्यवस्थागरिएको अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले जानकारी दिनुभयो ।

अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालनकालागि संघीय सरकारबाट २१ लाख बजेट प्राप्तभएको छ । उक्त बजेटमध्ये ३० प्रतिशत भौतिक संरचना र औजार खरिदमा परिचालन गरिएको र ७० प्रतिशत बजेट विरामीहरुको औषधि उपचारमा परिचालन हुने अस्पतालले जनाएको छ ।

अस्पतालले ज्येष्ठ नागरिकहरुको उपचारको लागि ओपीडि र वार्ड कक्षमा आवश्यक औजार, उपकरण र सामाग्रीको व्यवस्थापन गरिसकेको छ । अस्पतालले सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक उपचार कक्ष अन्तरगत ओपिडि सेवामा परिक्षण सेवामा बढीमा १ हजार २ सय र वार्डमा ४ हजारको परिधिमा रहेर सेवा उपलब्ध गराउने डाक्टर लामिछानेले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक परिचयपत्र र नागरिकताको आधारमा ६० बर्ष उमेर पुगेकाहरुलाई उक्त सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ । अस्पतालको सामाजिक सेवाएकाई अन्तरगत सञ्चालनमा आएको यस सेवा अन्तरगत ६० देखि ६९ उमेर सम्मकालाई ५० प्रतिशत, ७० देखि ७९ बर्षसम्मकालाई ७५ प्रतिशत, ८० देखि ८४ बर्षसम्मका लागि तोकिएको सेवा पुरा निशुल्क र ८५ बर्ष माथिका नागरिकको लागि सबै सेवा निशुल्क प्रदान गरिने अस्पतालका डाक्टर निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा सञ्चालनमा ल्याइएको ज्येष्ठ नागरिक उपचार कक्षको सुभारम्भ गर्दै नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले यो सेवाले ज्येष्ठ नागरिकहरुले सहज, सरल र सर्वसुलभ तवरले आधारभुत स्वास्थ्य उपचारको प्रत्याभुति दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ फाल्गुन १, सोमबार १२:१३

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ फाल्गुन १, सोमबार १२:१३

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ फाल्गुन १, सोमबार १२:१३

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP