२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बर्षा र हिमपात नहुँदा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी स् समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभरी डढेलो लागेको छ।

Advertisement

जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए।

Advertisement

अधिकृत सापकोटाका अनुसार अहिले आगलागी भएको म्याग्दीको अधिकांश भेग हिमपात हुने क्षेत्र हो। तर, हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ। अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्ती भन्दा टाढाका डाँडाकाँडा हुन् ।

पश्चिमी म्याग्दीको धवलागिरी गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ। धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ। डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरेको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ। म्याग्दीको गुर्जा, मुदी, कुहिनेमंगले र चिमखोला क्षेत्रमा डढेलो लागिरहेको वन कार्यालयले बताएको छ।

‘यो सिजनमा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ। यो क्रम अझै बढिरहेको छ, ’म्याग्दीका वन अधिकृत सापकोटाले भने ‘दक्षिणीभेगको जंगल दिनहुँ डढेलोले सखाप भइरहेको छ।’

ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्दा चिसोका कारण डढेलो लाग्दैनथ्यो । वर्षा पनि भइरहँदा हत्तपत्त जंगलमा आगो लाग्दैनथ्यो। तर अहिले भने दिनहुँजसो आगजनीबारे जानकारी आउने गरेको सापकोटाले बताए ।

अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिँडडुल गर्न नै सास्ती हुन्थ्यो। असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुख्खापन बढेको छ। हिउँ पर्ने ठाउँमा मुख्य मौसममा एक दिन पनि परेको छैन।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ फाल्गुन १, सोमबार १५:३७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ फाल्गुन १, सोमबार १५:३७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ फाल्गुन १, सोमबार १५:३७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP