२०८३ असार २७
July 11, 2026, Saturday

बर्षा र हिमपात नहुँदा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी स् समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभरी डढेलो लागेको छ।

जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए।

अधिकृत सापकोटाका अनुसार अहिले आगलागी भएको म्याग्दीको अधिकांश भेग हिमपात हुने क्षेत्र हो। तर, हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ। अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्ती भन्दा टाढाका डाँडाकाँडा हुन् ।

पश्चिमी म्याग्दीको धवलागिरी गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ। धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ। डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरेको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ। म्याग्दीको गुर्जा, मुदी, कुहिनेमंगले र चिमखोला क्षेत्रमा डढेलो लागिरहेको वन कार्यालयले बताएको छ।

‘यो सिजनमा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ। यो क्रम अझै बढिरहेको छ, ’म्याग्दीका वन अधिकृत सापकोटाले भने ‘दक्षिणीभेगको जंगल दिनहुँ डढेलोले सखाप भइरहेको छ।’

ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्दा चिसोका कारण डढेलो लाग्दैनथ्यो । वर्षा पनि भइरहँदा हत्तपत्त जंगलमा आगो लाग्दैनथ्यो। तर अहिले भने दिनहुँजसो आगजनीबारे जानकारी आउने गरेको सापकोटाले बताए ।

अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिँडडुल गर्न नै सास्ती हुन्थ्यो। असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुख्खापन बढेको छ। हिउँ पर्ने ठाउँमा मुख्य मौसममा एक दिन पनि परेको छैन।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP