२०८३ असार २६
July 10, 2026, Friday

बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण

बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो ।

शिविरमार्फत ३१ वटा सामुदायिक र ६३ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् । बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको सूचना अधिकारी रामकृष्ण बताउनुभयो ।

सामुदायिक कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्ने केन्द्रका पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताउनुभयो । “कुकुरको संख्या बृद्धिमा नियन्त्रण गराउन विगतको शिविरले सहयोग पुगेको कारण यसलाई निरन्तरता केन्द्रले दिएको छ,”– आचार्यले भन्नुभयो । “सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन २०७७ सालमा पनि शिविर संचालन केन्द्रले गरेको थियो ।”

बेनी नगरपालिकाका मेयर सुरत केसीले बजार क्षेत्रमा कुकुरको ब्यवस्थापन र संख्या बृद्धि रोक्नका लागि शिविरले सहयोग पुग्ने बताउनुभयो। केन्द्रिय रिफरल पशु चिकित्सालयका पुश डाक्टर टंकप्रसाद प्रसाई, डाक्टर अर्जुन अर्याल र डाक्टर विकास गिरी सहित ८ जनाको टोलीले कुकुरको बन्ध्याकरण गर्नुभएको थियो । सामुदायिक कुकुर बोक्ने एम्वुलेन्स पनि शिविरमा उपलब्ध थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP