२०८० मंसिर १५
December 1, 2023, Friday

घतानमा सार्वजनिक सुनुवाई, ४२ योजनामा ३५ योजना सम्पन्न

जिल्लाको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्धवार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

Advertisement

घतानको वडा कार्यालउ परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी र वडा सचिव रमेश जिसी, वडाका प्राविधिक सुनिल श्रेष्ठले चालु आवको पहिलो अर्थबार्षिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisement

बेनी नगरपालिकामा भएका वडाहरुमा सबैभन्दा छिटो धेरै योजना सम्पन्न गरेको दावी गर्दै अध्यक्ष केसीले वडामा २०७९÷८० मा भएको ४२ योजना मध्ये हाल सम्म ३५ वटा योजना सम्पन्न भैसकेको र ३० वटा योजनाको अन्तिक किस्ता भुक्तानी समेत भएको र बाँकी भुक्तानीको चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी योजनाहरु पनि निर्माणधिन रहेको र जेठ भित्रमा सबै योजना निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा सहभागीले सार्वजनिक जग्गामा भएको ढुङ्गाकोे दुरुपयोग भएको, वडाले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट कम भएको, अनुदान वितरण प्रभावकारी नभएको, उपभोक्ता समितिले गर्ने काममा प्रभावकारी अनुगमन नभएको, सडक निर्माण गर्दा मापदण्ड सबैलाई एकरुपले लागु नभएको, बजार क्षेत्रमा बिस्तार हुदै गएको क्षेत्रको सरसफाईमा ध्यान नदिएको, टोल विकास समित गठन गर्दा एकलौटी गरेको जस्ता गुनासो गरेका थिए ।

सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै बेनी नगरपालिका वडा नं. ९ का अध्यक्ष चक्र केसीले वडाको विकासमा सहज बनाउनका लागि १४ वटा टोल समिति गठन गरी परिचालन गरेको, वडा तहबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरु साप्ताहिक रुपमा कार्यतालिका नै बनाएर वडा बस्ने व्यवस्था मिलाएको, सामाजिका सुरक्षा भत्ता वितरणमा सहजिकरण गरेको बताउनुभयो ।

अध्यक्ष केसीले वडामा भएका सुशासन, शिक्षा, कृर्षि, पशु, स्वास्थ्य, खानेपानी, विद्युत, मठमन्दिर, युवा तथा खेलकुद, रोजगार, पर्यटन, महिला, विपद्, सिचांई सडक, गोरेटोवाटो संगै आगामी बजेट,योजना र कार्यक्रमको बिषयमा जानकारी गराउनुभएको थियो ।

वडा भित्रका कृर्षकहरुको वडा कृषि समुहको आधारमा कृषिका कार्यक्रमहरु संचालन गरिएको बताउदै जेठमा अनुगमनमा पुग्दा कुनै पनि अनुदानको दुरुपयोग भएको देखिएमा त्यो समुह वा कृर्षकलाई अर्को बर्षदेखि अनुदान नदिईने उहाँको बताउनुभयो ।

टोल समितिको समन्वयमा नै उपभोक्ता गठन गरेर वडामा पठाउने गरेको जानकारी दिर्दै जनप्रतिनिधिले कुनै पनि उपभोक्ता समिति गठन गर्दा हस्तक्षेप नगरेको वडा अध्यक्षले केसीले बताउनुभयो ।

वडा सचिव रमेश जिसीले हाल सम्म वडामा भएको सेवा प्रभाहको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा प्राविधिक सुनिल श्रेष्ठ, घतान स्वास्थ्य चौकी प्रमुख, गलेश्वर प्रहरी चौकीका प्रमुखले समेत उत्तरमा सहजिकरण गर्नुभएको थियो ।
वडा सदस्य गणेश शर्माले स्वागतसहित सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने म्याग्दीकाली एफ.एमका स्टेशन म्यानेजर राकेश शर्माले सहजीकरण गर्नुर्भएको थियो ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:४७

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:४७

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:४७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP