२०८३ श्रावण ११
July 27, 2026, Monday

घतानमा सार्वजनिक सुनुवाई, ४२ योजनामा ३५ योजना सम्पन्न

जिल्लाको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्धवार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

Advertisement

घतानको वडा कार्यालउ परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी र वडा सचिव रमेश जिसी, वडाका प्राविधिक सुनिल श्रेष्ठले चालु आवको पहिलो अर्थबार्षिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

बेनी नगरपालिकामा भएका वडाहरुमा सबैभन्दा छिटो धेरै योजना सम्पन्न गरेको दावी गर्दै अध्यक्ष केसीले वडामा २०७९÷८० मा भएको ४२ योजना मध्ये हाल सम्म ३५ वटा योजना सम्पन्न भैसकेको र ३० वटा योजनाको अन्तिक किस्ता भुक्तानी समेत भएको र बाँकी भुक्तानीको चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी योजनाहरु पनि निर्माणधिन रहेको र जेठ भित्रमा सबै योजना निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा सहभागीले सार्वजनिक जग्गामा भएको ढुङ्गाकोे दुरुपयोग भएको, वडाले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट कम भएको, अनुदान वितरण प्रभावकारी नभएको, उपभोक्ता समितिले गर्ने काममा प्रभावकारी अनुगमन नभएको, सडक निर्माण गर्दा मापदण्ड सबैलाई एकरुपले लागु नभएको, बजार क्षेत्रमा बिस्तार हुदै गएको क्षेत्रको सरसफाईमा ध्यान नदिएको, टोल विकास समित गठन गर्दा एकलौटी गरेको जस्ता गुनासो गरेका थिए ।

सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै बेनी नगरपालिका वडा नं. ९ का अध्यक्ष चक्र केसीले वडाको विकासमा सहज बनाउनका लागि १४ वटा टोल समिति गठन गरी परिचालन गरेको, वडा तहबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरु साप्ताहिक रुपमा कार्यतालिका नै बनाएर वडा बस्ने व्यवस्था मिलाएको, सामाजिका सुरक्षा भत्ता वितरणमा सहजिकरण गरेको बताउनुभयो ।

अध्यक्ष केसीले वडामा भएका सुशासन, शिक्षा, कृर्षि, पशु, स्वास्थ्य, खानेपानी, विद्युत, मठमन्दिर, युवा तथा खेलकुद, रोजगार, पर्यटन, महिला, विपद्, सिचांई सडक, गोरेटोवाटो संगै आगामी बजेट,योजना र कार्यक्रमको बिषयमा जानकारी गराउनुभएको थियो ।

वडा भित्रका कृर्षकहरुको वडा कृषि समुहको आधारमा कृषिका कार्यक्रमहरु संचालन गरिएको बताउदै जेठमा अनुगमनमा पुग्दा कुनै पनि अनुदानको दुरुपयोग भएको देखिएमा त्यो समुह वा कृर्षकलाई अर्को बर्षदेखि अनुदान नदिईने उहाँको बताउनुभयो ।

टोल समितिको समन्वयमा नै उपभोक्ता गठन गरेर वडामा पठाउने गरेको जानकारी दिर्दै जनप्रतिनिधिले कुनै पनि उपभोक्ता समिति गठन गर्दा हस्तक्षेप नगरेको वडा अध्यक्षले केसीले बताउनुभयो ।

वडा सचिव रमेश जिसीले हाल सम्म वडामा भएको सेवा प्रभाहको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा प्राविधिक सुनिल श्रेष्ठ, घतान स्वास्थ्य चौकी प्रमुख, गलेश्वर प्रहरी चौकीका प्रमुखले समेत उत्तरमा सहजिकरण गर्नुभएको थियो ।
वडा सदस्य गणेश शर्माले स्वागतसहित सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने म्याग्दीकाली एफ.एमका स्टेशन म्यानेजर राकेश शर्माले सहजीकरण गर्नुर्भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP