२०८३ श्रावण ११
July 27, 2026, Monday

मालिकामा माओवादीको पालिका कमिटि अध्यक्षमा अनुप गौचन

नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ ।माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो ।

Advertisement

कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त भएको पदमा पुर्ति गरिएको माओवादीले जनाएको छ । अध्यक्षमा अनुप गौचन र सचिवमा लालबहादुर घताने चयन हुनुभएको छ । युवा नेता गौचन केही समय अघि नेकपा एकिकृत समाजवादीबाट माओवादीमा प्रवेश गर्नुभएको थियो भने घताने जिल्ला सदस्य हुनुहुन्थ्यो । सोही भेलामा एमालेबाट माओवादीमा प्रवेश गर्नुभएका मालिका–१ का गंगाराम पौडेललाई सदस्यमा मनोनित गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले राष्ट्रपति चुनावको सन्दर्भमा माओवादी–काँग्रेस सहितका आठ दलीय गठबन्धन संविधान र उपलब्धीको रक्षका लागि बनेको बताउनुभयो ।
“एमाले, रास्वपा र राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि सपथ लिने र सरकार गठन तथा विस्तारकै क्रममा घेराबन्दी गर्न थालेका थिए । एमालेका अध्यक्ष केपी ओलीले संसदमै अघिल्लो कार्यकालमा दुई पटक गरेको संसद विघटन ठिक भएको दावी गरेपछि चुनाव अघि सहकार्य गरेका राजनीतिक दलहरु एक ठाउँमा आएका हुन,” उहाँले भन्नुभयो “चुनावमा जनतासँग गरेको प्रतिवद्धता अनुसारनै नयाँ गठबन्धनले पाँच वर्ष देश चलाउँछ । राजनीति बल्ल ठिक ठाउँमा आएको छ ।”

संसदमा उपस्थित २७० मध्य २६८ सांसदले माओवादीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु ऐतिहाँसिक भएको बताउँदै उहाँले फागुन १ गतेलाई सहिद दिवसका रुपमा मनाउनु, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिनुुका साथै नागरिकका आधारभूत आवश्यकता र समस्या सम्बोधनमा सरकार केन्द्रित भएको संविधानसभा सदस्य समेत रहेका पौडेलले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले विकास निर्माण र सामाजिक काममा जोडिन आग्रह गर्दै चुनावमा गरेको बाचा अनुसार म्याग्दीमा परिवर्तन गरेर देखाउने बताउनुभयो ।

“म्याग्दीका अधुरा र अधकल्चा आयोजनालाई पूर्णता दिने काममा गरेको पहलबाट सकारात्मक उपलब्धी देखिन थालेको छ,” उहाँले भन्नुभयो “पूर्वाधार, सामाजिक, आर्थिक क्षेत्रमा म्याग्दीको सन्तुलित विकासमा मेरो कार्यकाललाई उपलब्धी मुलक बनाउछु ।” मन्त्री जुग्जालीले प्रदेश र संघीय सरकारबाट बजेट बिनियोजन भएका योजनाको प्रभावकारी कार्यान्वयनका लागि वस्ती स्तरमा अग्रसरता देखाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

“बजेट र योजनाको लागि हामी लड्छौ,” उहाँले भन्नुभयो “संघ र प्रदेशबाट आएका योजनाको सबैलाई सहभागी गराएर पारदर्शी हिसाबले नमुना काम गरेर देखाउने जिम्मेवारी तपाइहरुको हुनेछ् ।” रणवाङ–तोलावाङ सडकलाई कालोपत्र गराउन, रातोढुंगा सवस्टेशनलाई पूर्णता दिन र विद्युतीकरण विस्तारको कामले गति लिइसकेको बताउदै अदिभारामा मोटरेबल पुलको ठेक्का आव्हानको लागि थप बजेट व्यवस्थापन गरेको जानकारी गराउनुभयो ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर बुढाथोकीले जनताका समस्या, गुनासा, आवश्यकता पहिचान र सम्बोधनमा पहल गर्ने र पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जनतासँग माओवादी अभियान सञ्चालन भएको बताउनुभयो ।

भेलाले मालिका गाउँपालिकाको सबै वडा र टोल स्तरमा कार्यकर्ता प्रशिक्षण, जनवर्गीय संगठन विस्तार, सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, सहिद परिवार, घाइते, अपांग, जनयुद्धमा सेल्टर बसेका घरमा पुगेर घेटघाट गर्ने कार्यक्रम बनाएको प्रदेश सदस्य तथा ईञ्चार्ज गौरी सेञ्चुरीले बताउनुभयो ।
कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले यसपाली म्याग्दीलाई माओवादीले राम्रो अवसर दिएको बताउदै यसलाई परिवर्तन र विकासमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP