२०८३ श्रावण ११
July 27, 2026, Monday

रघुगंगामा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

नेकपा (माओवादी केन्द्र)ले रघुगंगा गाउँपालिकामा ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ ।

Advertisement

सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु गरेको हो । मौवाफाँट स्थित पार्टी कार्यालयमा भएको पालिका कमिटिको बैठकले वडा र टोल स्तरमा अभियानको कार्यक्रमका लागि कार्य विभाजन गरेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा (सुवास)ले नागरिक तहसम्म पार्टीको नीति, जनयुद्धका उपलब्धी र पार्टीले गरेका कामको बारेमा सन्देश पु¥याउन र कार्यकर्ताहरुलाई प्रशिक्षित गराउन अभियान केन्द्रित हुने बताउनुभयो ।

नेपाली काँग्रेसले सरकार गठनका क्रममा नेतृत्व छोड्न नमानेपछि एमाले सहितको दलहरुको सहयोगमा सरकार गठन भएपनि संसदमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले संसद विघटन सहि भएको बताउँदा राष्ट्रिय सहमतिको आवश्यकताको महशुस गरेर राष्ट्रपति निर्वाचनमा काँग्रेस सहितको आठ दलीय गठबन्धन बनाउनु परेको विकले बताउनुभयो ।

राजनीतिक सँगै सामाजिक गतिबिधिमा संलग्न भएर प्रभावकारी र नमुना काम गरेर सकारात्मक सन्देश दिनुपर्ने म्याग्दी प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज विनोद केसीले बताउनुभयो ।

गाउँपालिका कमिटिका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गलेश्वर–राखु लगायत अलपत्र र अधुरा आयोजनालाई पूर्णता दिन प्रयास गरेको जानकारी गराउदै विकास निर्माण र नीति मार्फत नागरिकका समस्या सम्बोधन गराउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य तथा रघुगंगा गाउँपालिका कमिटि इञ्चार्ज रिम कटुवाल, प्रदेश सदस्य चिना हमाल, बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसी लगायतको उपस्थिति थियो ।

अभियानको क्रममा शहिद परिवार, जनयुद्धको क्रममा भूमिगत नेता, कार्यकर्ता, सेल्टर दिने घर, परिवार, घाइते, अपांग संग घेटघाट गर्ने, उनिहरुको लिखित र मौखिक सुझाव तयार पारिने भएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP