२०८३ श्रावण ९
July 25, 2026, Saturday

पर्वतारोही निर्मल पूर्जाले जन्मगाउँका विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख सहयोग गर्नुभएको छ । सोमबार जन्मगाउँमा पुग्नुभएको पूर्जाले शिक्षा, स्वास्थ्य सहित गाउँको साझा समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधानमा सघाउने गरी ४० लाखको कोष बनाउनुभएको ज्ञानप्रकाश माविका प्लस टू संयोजक बाबुराम पौडेलले बताउनुभयो ।

Advertisement

पर्वतारोही पूर्जाले एकमुष्ठ जम्मा भएको ४० लाखबाट ब्याजबाट आउने रकमले ज्ञानप्रकाश माविमा अध्ययनरत कक्षा ८, एसइई र कक्षा १२ मा सवोत्कृष्ट हुने विद्यार्थीलाई नगद ५० हजार, ८० हजार र १ लाख पुरस्कारले सम्मान गरिने छ भने बाँकी दानाका अन्य विद्यालयमा निजी स्रोतका शिक्षकको तलबसुविधामा सहयोग गरिने ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो ।

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानीको टोलीलाई लिएर आउनुभएका पूर्जाले सोमबार दानामा बस्नुभएको थियो । इलाईट टेकीङ कम्पनी मार्फत कतारी टोलीलाई लिएर मंगलबार अन्नपूर्ण हिमालतर्फ जाने तयारी भइरहेको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानीपछि पहिलोपटक जन्मभूमी दानामा पुग्दा स्थानीयबासीले भब्य स्वागत गरेका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP