२०८० आश्विन १३
September 30, 2023, Saturday

वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।  वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

वाईसियले संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको अस्वभाविक गतिविधिहरु भएको विरुद्ध ध्यानाकर्षण गराउदै ब्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गर्दै संविधान रक्षा, विकास र ब्यवस्थाको सुदृढीकरण गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

Advertisement

देशमा शान्ति र स्थानयित्व  निर्माण गर्न तत्कालीन सरकार र माओवादी विच भएका १२ बुँदे विस्तृत शान्ति सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण तथा मेलमिलाप आयोगबाट समाधानको माग गर्दै ज्ञापन बुझाएको योङ कम्युनिष्ट लिग नेपाल म्याग्दीका  संयोजक सन्दिप खत्रीले बताउनुभयो ।

वाईसियलले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत ब्यवस्था परिर्वतनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिदका परिवारलाई राहत, क्षतिपुर्तिको ब्यवस्था गर्न माग गरेका छन् । “देशको अर्थतन्त्र चरम संकटमा छ, साना ठुला उद्योगी ब्यापारीहरु विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गर्दै वित्तिय संघसंस्थाहरुबाट निम्तिएका समस्याहरुमा गम्भिर बन्न सरकारलाई आग्रह गर्दै यिनको रोकथाम र नियन्त्रण गरेर अर्थतन्त्रलाई मजबुद बनाउन ध्यानाकर्षण गरेका छन् ।”

सरकारका विभिन्न निकायहरुबाट भैरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरेर देशमा सुशासन कायम गर्न सरकार समक्ष माग गरेका छन् ।

ज्ञापनपत्र बुझदै जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले योङ्ग कम्युनिष्ट लिग नेपाल म्याग्दीले उपलब्ध गराएको ज्ञापनपत्रलाई तत्काल मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रमा वाईसियल नेपालका केन्द्रिय सदस्य केन खत्री, जिल्ला संयोजक सन्दिप खत्री, प्रदेश सदस्य किसान विश्वकर्मा र जिल्ला सचिव कृष्णप्रसाद पौडेल लगायत सदस्यहरुको उपस्थित रहेको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०७९ फाल्गुन २३, मंगलवार ११:०७

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०७९ फाल्गुन २३, मंगलवार ११:०७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०७९ फाल्गुन २३, मंगलवार ११:०७

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP