२०८० मंसिर २२
December 8, 2023, Friday

अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय संगठनहरुको विस्तार र पुर्नगठन संगै जनताका गुनासा र सुझाब संकलनमा अभियानलाई केन्द्रित गरिने भएको छ । अन्नपूर्णमा उक्त अभियानको सुभारम्भ गर्दै (नेकपा माओवादी केन्द्र) का गण्डकी प्रदेश कमिटीका सह–सचिब टेकबहादुर विश्वकर्माले पार्टीलाई बलियो र जनताप्रति उत्तरदायि बनाउन अभियानले सहयोग पुग्ने बताउँदै सक्रियता पूर्वक अभियानमा केन्द्रित हुने पालिका स्तरका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पालिका इन्चार्ज तथा गण्डकी प्रदेश कमिटि सदस्य बागविर पाईजा, प्रदेश सदस्य पदम किसान, कविता पाईजा लगायतले पार्टीले सञ्चालन गरेको अभियानले पार्टीलाई जनताको माझमा थप लोकप्रिय बनाउने भएकाले पालिका, वडा र टोल स्तरमा रहेका कमिटीहरुले आ–आफ्नो भूमिकालाई जिम्मेवार र प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीको पालिका कमिटीका अध्यक्ष थम बहादुर विकले पार्टीको अवस्थाको बारेमा जानकारी गराउँदै अभियानलाई चैत महिनादेखि नै सञ्चालन गर्ने जानकारी गराउनुभएको थियो भने कविता क्षेत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा राम्चेका शै बहादुर गर्वुजा, हिस्तानका गबिशा पुर्जा, घारका जिवन बरुवाल, खिबाङका जयराम विक, शिखका अम्मरसिंह पुर्जा र दानाका लालबहादुर तिलिजाले वडामा पार्टीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।  

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ फाल्गुन २४, बुधबार १३:११

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ फाल्गुन २४, बुधबार १३:११

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ फाल्गुन २४, बुधबार १३:११

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP