म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय संगठनहरुको विस्तार र पुर्नगठन संगै जनताका गुनासा र सुझाब संकलनमा अभियानलाई केन्द्रित गरिने भएको छ । अन्नपूर्णमा उक्त अभियानको सुभारम्भ गर्दै (नेकपा माओवादी केन्द्र) का गण्डकी प्रदेश कमिटीका सह–सचिब टेकबहादुर विश्वकर्माले पार्टीलाई बलियो र जनताप्रति उत्तरदायि बनाउन अभियानले सहयोग पुग्ने बताउँदै सक्रियता पूर्वक अभियानमा केन्द्रित हुने पालिका स्तरका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पालिका इन्चार्ज तथा गण्डकी प्रदेश कमिटि सदस्य बागविर पाईजा, प्रदेश सदस्य पदम किसान, कविता पाईजा लगायतले पार्टीले सञ्चालन गरेको अभियानले पार्टीलाई जनताको माझमा थप लोकप्रिय बनाउने भएकाले पालिका, वडा र टोल स्तरमा रहेका कमिटीहरुले आ–आफ्नो भूमिकालाई जिम्मेवार र प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको पालिका कमिटीका अध्यक्ष थम बहादुर विकले पार्टीको अवस्थाको बारेमा जानकारी गराउँदै अभियानलाई चैत महिनादेखि नै सञ्चालन गर्ने जानकारी गराउनुभएको थियो भने कविता क्षेत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा राम्चेका शै बहादुर गर्वुजा, हिस्तानका गबिशा पुर्जा, घारका जिवन बरुवाल, खिबाङका जयराम विक, शिखका अम्मरसिंह पुर्जा र दानाका लालबहादुर तिलिजाले वडामा पार्टीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...