२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दीमा ठूलो परिमाणमा लागू औषध सहित २ जना पक्राउ

म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८ कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

Advertisement

पर्वतको जलजला गाउँपालिका–३ मा बस्दै आएका उनिहरुको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रनाउ कुँवरले जनकारी दिए । प्रहरीले पछिल्लो तीन वर्षयता उनिहरुबाट ठूलो परिणाममा लागू औषध बरामद गरेको हो । उनिहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

उनिहरुले भारतको सिमानाबाट लागू पदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो १५ दिनमा बेनीमा बागदास र सार्की सहित चार जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ । यसअघि फागुन ११ गते जलजला गाउँपालिका–३ मल्लाचोकबाट रुपन्देहीको सोमरीमाई गाउँपालिका–३ का १९ वर्षीया मुस्ताफा खानलाई ३१९ ट्याबलेट नाइट्राभेट लागू औषध सहित पक्राउ गरेको थियो ।

फागुन १६ गते बेनी नगरपालिका ८ कालीपुलबाट भारतको बगनग्राम माल्हादा पश्चिम घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई ६.५ ग्राम खैरो हिरोइन सहित पक्राउे प्रनाउ कुँवरले बताए । म्याग्दी जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा १७ वर्ष ४ महिना १ दिन कैद सजायको फैसला गरेकी २३ वषीया महिला, जवरजस्ती करणी मुद्दामा १ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका ६८ वर्षका पुरुष र लागु औषध मुद्दामा ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका १ जना पुरुषलाई पक्राउ गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७÷७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६÷७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । २०७६÷७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको प्रहरी जनाएको छ ।

२०७७÷७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु. १२ हजार ६० बरामद भएको थियो । २०७८÷७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङमा छ ।

प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रहरीले पछिल्लो १ महिनाको अवधिमा अदालतले विभिन्न मितिमा गरेको फैसलाबाट दोषी ठहर भएका २२ जना कसुरदारहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई लागेको २५ वर्ष १ महिना २३ दिन कैद र रु. १७ लाख ६६ हजार ३७५ जरिवाना असुल उपर गरेको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP