२०८० चैत्र १६
March 29, 2024, Friday

अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

 म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

Advertisement

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो ।

संघीय सरकार मार्फत सञ्चालित अधुरा राहुघाट जलविद्युत र ८ वटा सडक सम्बन्धी आयोजना निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । प्रशासनिक, राजनीतिक र व्यवसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाहरु थलिएका हुन् ।  

अधुरा आयोजनाहरुलाई पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, सम्बद्ध विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग भेटघाट र छलफल गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । मन्त्री जुग्जालीले प्रदेश सरकारका उद्योग, पर्यटन र वन वातावरणसँग सम्बन्धित योजना तथा कार्यक्रम र नीति निर्माणका विषयमा संघीय सरकारबाट सहयोगको अपेक्षा सहित छलफल गरिएको बताउनुभयो ।

“जिल्ला र हाम्रो तहबाट सिर्जना गरिएको दवावको सुनुवाई र सम्बोधन नभएका केही आयोजनाका विषयमा सम्माननीय प्रधानमन्त्री, विषयगत मन्त्री र अधिकारीहरुसँग भेटेर छलफल गरेका छौ,” उहाँले भन्नुभयो “अधुरा आयोजना सञ्चालन गरेका सरकारी निकायका अधिकारी र निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले हाम्रै अगाडी फोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिनु भएको छ । सम्बद्ध अधिकारी र व्यवसायीले पनि काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।”

करिब दुई वर्षदेखि रोकिएको बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी महादेव–खिम्ती–रफिना–गल्वा जेभीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई प्रधानमन्त्रीले काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।

यसैगरी राहुघाट जविद्युत, बेनी–जोमसोम–कोरला, पोखरेबगर–चित्रे लगायत संघीय सरकारले सञ्चालन गरेका अधुरा सडक, पुल र भवन आयोजनामा पर्याप्त बजेट व्यवस्थापनका साथै निर्माण अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भएको टोलीले जनाएको छ ।

बेनी देखि ढोरपाटन हुदै रुकुम र धवलागिरी गाउँपालिकाको गुर्जालाई सडक सञ्जालले जोड्ने सडक, रघुगंगा–म्याग्दी चक्रीय सडक र मोटेरेबल पुल निर्माणका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग छलफल गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीसँग धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमालको आधार शिविर र अन्य पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका विषयमा छलफल गरिएको टोलीमा सहभागी धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Related News

म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
  • २०७९ फाल्गुन २७, शनिबार १५:१०

म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई...

१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
  • २०७९ फाल्गुन २७, शनिबार १५:१०

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । Advertisement...

रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
  • २०७९ फाल्गुन २७, शनिबार १५:१०

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम...

TOP