२०८३ श्रावण ९
July 25, 2026, Saturday

अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

 म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

Advertisement

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो ।

संघीय सरकार मार्फत सञ्चालित अधुरा राहुघाट जलविद्युत र ८ वटा सडक सम्बन्धी आयोजना निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । प्रशासनिक, राजनीतिक र व्यवसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाहरु थलिएका हुन् ।  

अधुरा आयोजनाहरुलाई पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, सम्बद्ध विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग भेटघाट र छलफल गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । मन्त्री जुग्जालीले प्रदेश सरकारका उद्योग, पर्यटन र वन वातावरणसँग सम्बन्धित योजना तथा कार्यक्रम र नीति निर्माणका विषयमा संघीय सरकारबाट सहयोगको अपेक्षा सहित छलफल गरिएको बताउनुभयो ।

“जिल्ला र हाम्रो तहबाट सिर्जना गरिएको दवावको सुनुवाई र सम्बोधन नभएका केही आयोजनाका विषयमा सम्माननीय प्रधानमन्त्री, विषयगत मन्त्री र अधिकारीहरुसँग भेटेर छलफल गरेका छौ,” उहाँले भन्नुभयो “अधुरा आयोजना सञ्चालन गरेका सरकारी निकायका अधिकारी र निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले हाम्रै अगाडी फोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिनु भएको छ । सम्बद्ध अधिकारी र व्यवसायीले पनि काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।”

करिब दुई वर्षदेखि रोकिएको बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी महादेव–खिम्ती–रफिना–गल्वा जेभीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई प्रधानमन्त्रीले काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।

यसैगरी राहुघाट जविद्युत, बेनी–जोमसोम–कोरला, पोखरेबगर–चित्रे लगायत संघीय सरकारले सञ्चालन गरेका अधुरा सडक, पुल र भवन आयोजनामा पर्याप्त बजेट व्यवस्थापनका साथै निर्माण अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भएको टोलीले जनाएको छ ।

बेनी देखि ढोरपाटन हुदै रुकुम र धवलागिरी गाउँपालिकाको गुर्जालाई सडक सञ्जालले जोड्ने सडक, रघुगंगा–म्याग्दी चक्रीय सडक र मोटेरेबल पुल निर्माणका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग छलफल गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीसँग धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमालको आधार शिविर र अन्य पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका विषयमा छलफल गरिएको टोलीमा सहभागी धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP