२०८३ आश्विन १
September 17, 2026, Thursday

प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्युटर कक्षा

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ ।

Advertisement

प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन गरेको हो । लोक दोहोरी दिवसको अवसरमा बेनीमा संचालनमा रहेको सिटिईभिटिद्वारा मान्यता प्राप्त जुनियर इन्जिनियरिङ केलेज ग्राफिक्स कम्प्युटर सेन्टरमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थी भर्ना तथा कक्षा शुभारम्भ गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले बताउनुभयो ।

कक्षा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक केन्द्रिय सदस्य धन कुमारी थापाले स्थापना दिवसको अवसरमा महत्वपूर्ण सामाजिक सेवाको कार्य गरेकोमा प्रतिष्ठान म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

थापाले अहिलेको सूचना र प्रविधिको युगमा कम्प्युटरको महत्व धेरै नै रहेकाले यसको ज्ञानले स्वरोजगार बन्न सकिने समेत बताउनुभयो । कम्प्युटर सिकेर आफुले सिकेको सिपलाई सहि ठाउँमा प्रयोग गर्न समेत आव्हान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका सल्लाहकार नेत्र महत, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य सुरेन्द्र केसी, द्वन्द्वपीडित अधिकार मंच म्याग्दीका अध्यक्ष भिम बहादुर रिजाल लगायतले बोल्नुभएको थियो ।

द्वन्द्वपीडित तथा अपाङग परिवारका १० जना सदस्यहरुलाई लक्षित गरि उनिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना दिवसको अवसर पारि निशुल्क कम्प्युटर शिक्षा प्रदान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

प्रतिष्ठानले समाज संग जोडिएर सेवामुलक कार्यहरु पनि गर्दै आएको छ, अध्यक्ष जिसीले भन्नुभयो, “यी १० जना विद्यार्थीहरुलाई कम्प्युटर सिप सिकाईसकेपछि कहिकतै रोजगारको समेत व्यवस्था गर्ने योजना बनाएका छौँ” ।

कार्यक्रममा प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव केसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका पदाधिकारी तथा सदस्यहरु, कक्षामा सहभागी हुने विद्याथीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई अपाङ्ग संघ म्याग्दीले समन्वय गरेको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP