२०८३ श्रावण १३
July 29, 2026, Wednesday

ऋण अशुली गर्न जादा एनआईसी एसिया बेनी शाखाका कर्मचारीमाथि कुटपिट

म्याग्दी । म्याग्दीको बेनीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारीमाथी आक्रमण भएको छ । बेनी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकका एक कर्मचारीले जानकारी दिए । आक्रमणमा परेर आलेकोे टाउकोमा चोट लागेको छ भने सापकोटा समेत घाइते भएका छन् ।

उनीहरु ऋण अशुली गर्नका लागि पर्वत जिल्लाको जलजला गाउँपालिका वारीबेनी (पर्वत बेनी)मा पुगेका थिए । पत्र र लगानीको लागी कुरा गर्न पुगेका कर्मचारी माथी सटर लगाएर नियोजितरुपमा कुटपिट गरेको थिए । सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण भएको कर्मचारीले बताए ।

बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको भएको घटनाको बिषयमा भोली बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बैंर्कश संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।
पर्वतका डीएसपी मधुसुधन न्यौपानेले घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP