२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

ऋण अशुली गर्न जादा एनआईसी एसिया बेनी शाखाका कर्मचारीमाथि कुटपिट

म्याग्दी । म्याग्दीको बेनीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारीमाथी आक्रमण भएको छ । बेनी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकका एक कर्मचारीले जानकारी दिए । आक्रमणमा परेर आलेकोे टाउकोमा चोट लागेको छ भने सापकोटा समेत घाइते भएका छन् ।

उनीहरु ऋण अशुली गर्नका लागि पर्वत जिल्लाको जलजला गाउँपालिका वारीबेनी (पर्वत बेनी)मा पुगेका थिए । पत्र र लगानीको लागी कुरा गर्न पुगेका कर्मचारी माथी सटर लगाएर नियोजितरुपमा कुटपिट गरेको थिए । सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण भएको कर्मचारीले बताए ।

बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको भएको घटनाको बिषयमा भोली बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बैंर्कश संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।
पर्वतका डीएसपी मधुसुधन न्यौपानेले घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ चैत्र २, बिहीबार १४:२८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ चैत्र २, बिहीबार १४:२८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ चैत्र २, बिहीबार १४:२८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP