२०८३ श्रावण ९
July 25, 2026, Saturday

वन डढेलो तथा आगलागी नियन्त्रणको कृत्रिम अभ्यास

म्याग्दीको सदरमुकाम बेनीमा वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय वैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय वैठकसहित आगलागी नियन्त्रणको अभ्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको कुल भूगोलको ६० प्रतिशत वनजङ्गल क्षेत्र भिरालो भएकाले डढेलोको उच्च जोखिम रहेको बताउनुभयो ।

Advertisement

उहाँले सामुदायिक वन क्षेत्रमा लाग्ने डढेलो तथा आगलागीलाई नियन्त्रण गर्नका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताउँदै वनमा डढेलो र आगो लगाउनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममाथि सहजीकरण गर्दै डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले वन डढेलो र आगलागी नियन्त्रण गर्न सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सहभागी वन क्षेत्रका सरोकारवालाहरुले जथाभावी रुपमा वनजङ्गल क्षेत्रमा लाग्ने आगोलागीलाई नियन्त्रणमा लिनुपर्ने र समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहले वन क्षेत्रको जग्गा भाडामा लगाउन नहुने, वनजङ्गलको पातपतिङ्गरको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत इलाका प्रहरी कार्यालय दरबाङलाई आगोलागी नियन्त्रण गर्न आवश्यक बेल्चा, हेल्मेट, ड्रेसलगायत सामानहरु हस्तान्तरण गरेको थियो । उक्त सामानहरु जिसस प्रमुख थापा र म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रहरी नायव उपरीक्षक मदन कुँबरलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रम निमित्त डिभिजनल वन अधिकृत रानाभाटको अध्यक्षता र सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालयको तालिम हल परिसरमा आगो लगाएर कृत्रिम अभ्यास समेत गरेर नियन्त्रणमा लिइएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP