Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

वन डढेलो तथा आगलागी नियन्त्रणको कृत्रिम अभ्यास

म्याग्दीको सदरमुकाम बेनीमा वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय वैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय वैठकसहित आगलागी नियन्त्रणको अभ्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको कुल भूगोलको ६० प्रतिशत वनजङ्गल क्षेत्र भिरालो भएकाले डढेलोको उच्च जोखिम रहेको बताउनुभयो ।

Advertisement

उहाँले सामुदायिक वन क्षेत्रमा लाग्ने डढेलो तथा आगलागीलाई नियन्त्रण गर्नका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताउँदै वनमा डढेलो र आगो लगाउनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममाथि सहजीकरण गर्दै डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले वन डढेलो र आगलागी नियन्त्रण गर्न सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

Advertisement

कार्यक्रममा सहभागी वन क्षेत्रका सरोकारवालाहरुले जथाभावी रुपमा वनजङ्गल क्षेत्रमा लाग्ने आगोलागीलाई नियन्त्रणमा लिनुपर्ने र समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहले वन क्षेत्रको जग्गा भाडामा लगाउन नहुने, वनजङ्गलको पातपतिङ्गरको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत इलाका प्रहरी कार्यालय दरबाङलाई आगोलागी नियन्त्रण गर्न आवश्यक बेल्चा, हेल्मेट, ड्रेसलगायत सामानहरु हस्तान्तरण गरेको थियो । उक्त सामानहरु जिसस प्रमुख थापा र म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रहरी नायव उपरीक्षक मदन कुँबरलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रम निमित्त डिभिजनल वन अधिकृत रानाभाटको अध्यक्षता र सहायक वन अधिकृत नरबहादुर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालयको तालिम हल परिसरमा आगो लगाएर कृत्रिम अभ्यास समेत गरेर नियन्त्रणमा लिइएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!