२०८३ श्रावण १३
July 29, 2026, Wednesday

धौलागिरी लघुवित्तको वित्तिय साक्षरता

बेनी, म्याग्दीको बेनी बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रिय कार्यालय बाग्लुङमा रहेको संस्थाले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यले वित्तिय संस्थाले लगानी गरेर कतिपय व्यक्तीहरु सफल भएको बाउनुभयो ।कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत मिन बहादुर बोहोराले संस्थाले शहरमा मात्र नभएर ग्रामिण क्षेत्रमा समेत लगानी गरेको बताउनुभयो ।


कार्यक्रमको अवसर पारेर उत्कृट हुने शाखाहरुलाई समेत सम्मान गरिएको थियो । जसमा क्रमश चिनारी धौलागिरी महिला केन्द्र बेनपा १ रत्नेचौर, तोरीपानी धौलागिरी महिला केन्द्र बेनपा ९, चन्दुमा धौलागिरी महिला केन्द्र बेनपा २ अर्जम र आनन्दबगर धौलागिरी महिल केन्द्र बेनपा १ लामागरा सान्त्वना भएका थिए ।

साथै धनकुमारी परियार र धनसरी दमाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान भएका थिए भने गिता बाँनिया र फुलमाया थापा सकृय ऋणीको रुपमा सम्मान भएको संस्थाले जनाएको छ । ८० जनाले सहभागीता जनाएको कार्यक्रममा राधिका विश्वकर्मा, दिलिप प्रताव जवरा, तिर्थराज घिमिरे, शुशिला कार्की,भोलानाथ रेग्मी र गिता पौडेलले बोल्नुभएको थियो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP