२०८३ असार २६
July 10, 2026, Friday

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना रघुगंगा गाउँपालिका वडा नं. ४ सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बेनी अस्पतालमा कार्यरत फिजिसीयनद्धारा स्वास्थ्य चेकजाँज, सुगर, प्रेसर, दम लगायत अन्य दिर्घरोगहरुको पहिचान तथा मरामर्श, हाडजोर्नी तथा नशा सम्बन्धी रोगको पहिचान, आवश्यक उपचार सहित परामर्श गरिएको कार्यक्रम संयोजक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालरोग सम्बन्धी परामर्श तथा निदान र नाक कान घाँटी सहित निशुल्क औषधि वितरण गरिनेछ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP