२०८० मंसिर २२
December 8, 2023, Friday

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना रघुगंगा गाउँपालिका वडा नं. ४ सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बेनी अस्पतालमा कार्यरत फिजिसीयनद्धारा स्वास्थ्य चेकजाँज, सुगर, प्रेसर, दम लगायत अन्य दिर्घरोगहरुको पहिचान तथा मरामर्श, हाडजोर्नी तथा नशा सम्बन्धी रोगको पहिचान, आवश्यक उपचार सहित परामर्श गरिएको कार्यक्रम संयोजक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालरोग सम्बन्धी परामर्श तथा निदान र नाक कान घाँटी सहित निशुल्क औषधि वितरण गरिनेछ ।

Advertisement

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ चैत्र ९, बिहीबार १५:५८

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ चैत्र ९, बिहीबार १५:५८

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ चैत्र ९, बिहीबार १५:५८

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP