२०८३ भाद्र २
August 18, 2026, Tuesday

बेनी बचतसहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग

६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर, सुगर, थाईराइड लगायतका रोगहरुको विषयमा स्वास्थ्य मरामर्श तथा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा फिजिसियन डाक्टर अनिष भुषालले “नसर्ने रोग र हामी” विषयमा सहजीकरण गर्नुभएको थियो । राग लागेर उपचार गर्नु भन्दा रागै लाग्न नदिनु उत्तम उपाय हो भन्ने उद्देश्य अनुरुप स्वस्थ्य रहनका लागि आनीवानी परिवर्तन र खानपान व्यवस्थापनमा विशेष ध्यानदिनुपर्ने डा. भुषालको भनाई थियो ।

त्यस्तै सहकारी दिवसकै अवसरमा सहकारीले गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई एकदिनको खाना खर्च स्वरुप नगद रु १५ हजार ६ सय रुपैया सहयोग उपलव्ध गराईएको सहकारीका प्रवन्धक सज्जन शाक्यले जानकरी दिनुभयो ।

सहकारीका अध्यक्ष रमेश गिरी, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, संस्थापक सचिव रेशम बानियाँ र पूर्व अध्यक्ष एवम् सल्लाहकार टंक हमालले आश्रमका अध्यक्ष बम बहादुर पुनलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०८० को क्यालेन्डर समेत लोकार्पण गरिएको थियो ।

संचालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठको स्वागत र सचिव माधव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष गिरीले शेयर सदस्यहरुलाई स्वस्थ रहनका लागि आवश्यक स्वास्थ्य परमर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP