२०८० मंसिर १७
December 3, 2023, Sunday

बेनी बचतसहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग

६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर, सुगर, थाईराइड लगायतका रोगहरुको विषयमा स्वास्थ्य मरामर्श तथा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा फिजिसियन डाक्टर अनिष भुषालले “नसर्ने रोग र हामी” विषयमा सहजीकरण गर्नुभएको थियो । राग लागेर उपचार गर्नु भन्दा रागै लाग्न नदिनु उत्तम उपाय हो भन्ने उद्देश्य अनुरुप स्वस्थ्य रहनका लागि आनीवानी परिवर्तन र खानपान व्यवस्थापनमा विशेष ध्यानदिनुपर्ने डा. भुषालको भनाई थियो ।

त्यस्तै सहकारी दिवसकै अवसरमा सहकारीले गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई एकदिनको खाना खर्च स्वरुप नगद रु १५ हजार ६ सय रुपैया सहयोग उपलव्ध गराईएको सहकारीका प्रवन्धक सज्जन शाक्यले जानकरी दिनुभयो ।

सहकारीका अध्यक्ष रमेश गिरी, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, संस्थापक सचिव रेशम बानियाँ र पूर्व अध्यक्ष एवम् सल्लाहकार टंक हमालले आश्रमका अध्यक्ष बम बहादुर पुनलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०८० को क्यालेन्डर समेत लोकार्पण गरिएको थियो ।

संचालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठको स्वागत र सचिव माधव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष गिरीले शेयर सदस्यहरुलाई स्वस्थ रहनका लागि आवश्यक स्वास्थ्य परमर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ चैत्र २०, सोमबार १४:३१

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ चैत्र २०, सोमबार १४:३१

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ चैत्र २०, सोमबार १४:३१

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP