२०८३ श्रावण १०
July 26, 2026, Sunday

म्याग्दीको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन

म्याग्दी : जिल्लाको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङको दुई करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ।

Advertisement

बेनी नगरपालिका–८ कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण गरिएको हो। देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुल बसपार्कमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरेको बेनी नगरपालिका मेयर सुरत केसीले बताए।

सघन शहरी तथा भवन आयोजना कार्यालय बागलुङले शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेअनुसार सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको आयोजनाकी इन्जिनियर विना साकटुले जानकारी दिइन्। ‘सार्वजनिक शौचालय, बाथरुम, टिकट काउण्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ’, उनले भनिन्।

आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताए। उनले टर्मिनल भवनमा मात्र टिकट काउण्टर राख्न पाउने जानकारी दिए। आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने नगरप्रमुख केसीको भनाइ छ।

‘भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ। सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भए यात्रुलाई सहज हुन्छ,’ मेयर केसीले भने ‘भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ।’

बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो। यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ।

बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो। गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ। २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP