२०८१ चैत्र ४
March 17, 2025, Monday

म्याग्दीको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन

म्याग्दी : जिल्लाको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङको दुई करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ।

Advertisement

बेनी नगरपालिका–८ कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण गरिएको हो। देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुल बसपार्कमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरेको बेनी नगरपालिका मेयर सुरत केसीले बताए।

सघन शहरी तथा भवन आयोजना कार्यालय बागलुङले शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेअनुसार सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको आयोजनाकी इन्जिनियर विना साकटुले जानकारी दिइन्। ‘सार्वजनिक शौचालय, बाथरुम, टिकट काउण्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ’, उनले भनिन्।

आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताए। उनले टर्मिनल भवनमा मात्र टिकट काउण्टर राख्न पाउने जानकारी दिए। आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने नगरप्रमुख केसीको भनाइ छ।

‘भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ। सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भए यात्रुलाई सहज हुन्छ,’ मेयर केसीले भने ‘भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ।’

बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो। यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ।

बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो। गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ। २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०७९ चैत्र २०, सोमबार १४:४१

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०७९ चैत्र २०, सोमबार १४:४१

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०७९ चैत्र २०, सोमबार १४:४१

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP