२०८२ माघ २९
February 11, 2026, Wednesday

लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा लायन सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।

Advertisement

कार्यसमितिको निवर्तमान अध्यक्षमा लायन नन्दकुमार पाइजा ,प्रथप उपाध्यक्षमा लायन विरेन्द्र श्रेष्ठ ,द्धितिय उपाध्यक्षमा लायन बामदेव रिजाल ,सचिवमा लायन दुर्गा बुढा मगर ,कोषाध्यक्षमा लायन ललिन्द्र थापा मगर, मेम्बर सिप चेयर पर्सनमा लायन दिपक श्रेष्ठ ,सर्भिस चेयर पर्सनमा लायन रमेश फगामी ,मार्केटिङ चेयर पर्सनमा लायन मिलन कुमार श्रेष्ठ ,डाइरेक्टरहरुमा लायन कुमार बानियाँ ,लायन लक्षमण शर्मा ,लायन श्याम थापा र भुवन सुवेदी चयन हुनुभएको सचिव लायन दुर्गा बुढा मगरले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एमजेएफ लायन राजेश शाक्यले व्यक्तिको नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद एउटा राम्रो माध्यम बन्न सक्ने बताउनुभयो । क्लवले विगतदेखि नै सामाजिक क्रियाकलापमा उत्कृष्ट काम गर्दै आइरहेको बताउनुहुँदै त्यसलाई निरन्तरता दिन समेत नयाँ कार्यसमितिलाई आग्रह उहाँले गर्नुभयो ।

उहाँले क्लबले राज्यले गर्नुपर्ने स्वास्थ्य शिविर लगायत विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्लबले ठुलो योगदान पु¥याएको उल्लेख गर्नुभयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन खम थापा मगरले व्यक्तीको नेतृत्व विकास संगै सामाजिक सेवाका क्षेत्रमा समेत क्लवले महत्वपुर्ण भुमिका खेल्दै आइरहेको बताउनुभयो ।

वर्ष २०२२–२३का अध्यक्ष नन्दकुमार पाइजाले आफ्नो कार्यकालमा क्यान्सर रोगबाट पीडित विरामीलाई आर्थिक सहयोग ,बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग तथा भोजन कार्यक्रम ,जिल्ला कारागारमा खेलकुद सामग्री सहयोग ,समता विद्यालयमा शैक्षिक सामग्री सहयोग ,अर्जुन माविलाई प्रिन्टर सहयोग लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।

साथै क्लवले पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै पत्रकार साधन राम्जालीलाई नगद सहित सम्मान समेत गरेको छ । पत्रकार राम्जालीलाई वर्ष २०२२–०२३ का अध्यक्ष लायन पाईजाले नगद सहित पुरस्कृत गर्नुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव तथा फोनिज म्याग्दीका अध्यक्ष समेत रहनुभएका पत्रकार राम्जाली गोरखापत्र दैनिक ,न्युज २४ टेलिभिजन ,आदर्श समाज दैनिक, मालिका प्रेस साप्ताहिक पत्रिका ,म्याग्दी न्युज डटकम लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । लायन पाईजाको अध्यक्षता ,प्रथम उपाध्यक्ष लयन सन्दिप खत्रीको स्वागत र सचिव लायन बामदेव रिजालले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष दुर्गा बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८० बैशाख १३, बुधबार १६:११

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८० बैशाख १३, बुधबार १६:११

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८० बैशाख १३, बुधबार १६:११

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP