२०८३ श्रावण ९
July 25, 2026, Saturday

बाइकर्स म्याग्दीको आयोजनामा बेनी बोर्डिङ्गमा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम

म्याग्दीको बेनी बजारमा रहेको बेनी बोडिङ्गमा बाइकर्स म्याग्दीको आयोजनामा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

बाईकर्सको आयोजनामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले ट्राफिक नियमका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

सुरक्षित साथ सडकमा हिँड्न तथा बाटो काट्न विद्यार्थीलाइ ट्राफिक नियमको जानकारी गराउदै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटनाको बारेमा जानकारी दिएको प्रमुख पौडेलले बताउनुभयो ।

जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा विद्यार्थीहरुलाई सचेत गराईएको सन्देश बानियाँले जानकारी दिनुभयो ।

र्दुघटना कम होस् र ट्राफिक नियम सम्बन्धी सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बाइकर्स म्यादीका अध्यक्ष गोविन्द क्षेत्रीले जानकारी दिनुभयो । बाइकर्स म्याग्दीले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP