२०८३ असार २७
July 11, 2026, Saturday

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो ।

तलिममा २८ वटा विद्यालयको आधारभूत तहमा अध्यापन गराउने १०४ जना शिक्षकहरुको सहभागिता थियो । सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर वालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले जानकारी दिनुभयो ।  

शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने विषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराइएको लर्नका कृष्ण तिलिजाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको तालिमको उपाध्यक्ष रेशम पुन मगरले समापन गर्नुभएको थियो ।

विद्यार्थीमा पढाईप्रति रुची तथा सिकाई उपलब्धी बढाउन शिक्षकहरुले सिर्जनशिलता र प्रविधिको प्रयोग गर्नुपर्ने उपाध्यक्ष पुनले बताउनुभयो । पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी बिद्यार्थीहरुलाई रमाइलोका लागि नाच्दै गाउँदै पढाउने तरिका सिकाइएको छ । समापन कार्यक्रमको अध्यक्षता जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतमले गर्नुभएको थियो । कार्यक्रमका लागि धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलीयाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता अध्यक्ष प्रेम पुनले बताउनुभयो । यो कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गर्नेछन् ।  

अन्नपूर्ण गाउँपालिकामा बिगत ९ बर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगंगा गाउँपालिकामा वि.स. २०७६ देखि शुरु भएको थियो । विद्यार्थीको सिकाई उपलब्धी बढाउन प्रभावकारी देखिएपछि धवलागिरी गाउँपालिकाले पनि कार्यक्रम लागू गरेको हो ।  

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP