म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो ।
तलिममा २८ वटा विद्यालयको आधारभूत तहमा अध्यापन गराउने १०४ जना शिक्षकहरुको सहभागिता थियो । सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर वालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने विषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराइएको लर्नका कृष्ण तिलिजाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको तालिमको उपाध्यक्ष रेशम पुन मगरले समापन गर्नुभएको थियो ।
विद्यार्थीमा पढाईप्रति रुची तथा सिकाई उपलब्धी बढाउन शिक्षकहरुले सिर्जनशिलता र प्रविधिको प्रयोग गर्नुपर्ने उपाध्यक्ष पुनले बताउनुभयो । पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री उपलब्ध गराइएको छ ।
विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी बिद्यार्थीहरुलाई रमाइलोका लागि नाच्दै गाउँदै पढाउने तरिका सिकाइएको छ । समापन कार्यक्रमको अध्यक्षता जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतमले गर्नुभएको थियो । कार्यक्रमका लागि धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलीयाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजालले बताउनुभयो ।
चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता अध्यक्ष प्रेम पुनले बताउनुभयो । यो कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गर्नेछन् ।
अन्नपूर्ण गाउँपालिकामा बिगत ९ बर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगंगा गाउँपालिकामा वि.स. २०७६ देखि शुरु भएको थियो । विद्यार्थीको सिकाई उपलब्धी बढाउन प्रभावकारी देखिएपछि धवलागिरी गाउँपालिकाले पनि कार्यक्रम लागू गरेको हो ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...