२०८३ श्रावण ९
July 25, 2026, Saturday

धौलागिरि अधिकृत विक्रेता संघमा राजन श्रेष्ठ

धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

Advertisement

संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण ढुङ्गाना चयन हुनुभएको छ ।

सदस्यहरुमा जगन्नाथ शर्मा, ईश्वर बरुवाल, सुमन श्रेष्ठ, ताराप्रसाद पौडेल, विमल अधिकारी, विजय पौडेल, हरिप्रसाद आचार्य, शशी भट्टराई र चिरञ्जिवी शर्मा रहनुभएको छ । विभिन्न उद्योगहरुले उत्पादन गरेका सामानको धौलागिरिमा आपुर्ति गर्ने आधिकारिक विक्रेताहरु संघमा आवद्ध छन् ।

संघले व्यवसायिक हितका लागि पैरवी गर्नुका साथै विपद् र समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको छ । चैत १८ गते बेनपा–१ रत्नेचौरमा आयोजित अधिवेशन समय अभावका कारण स्थापित भएको थियो । वैशाख १६ गते शनिबार बागलुङ स्थित संघको सचिवालयमा नेपाल वितरक संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महासचिव बानियाले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP