२०८३ श्रावण ९
July 25, 2026, Saturday

रघुगंगाको भगवती र पिप्ले पूर्ण खोप सुनिश्चित वडा घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवती र वडा नं. ३ पिप्लेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि भगवतीलाई शनिबार र पिप्लेलाई शुक्रबार पूर्ण खोपयुक्त वडा सुनिश्चितता घोषणा गरिएको हो ।

Advertisement

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि वडा खोप समन्वय समितिलाई अभिमुखिकरण तथा पूर्ण वडा सुनिश्चितता कार्यक्रम शनिबार भगवती स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

वडा स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो ।
राष्ट्रिय खोप तालिका अनुसार वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित वडा घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टिका शाहीले बताउनुभयो ।

उहाँका अनुसार पालिकामा हाल सम्म वडा ५ झिँ ८ कुइनेमंगले समेत पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएका छन् ।
वडामा वडास्तरीय खोप समन्वय समितिले, शिक्षक आमा समुह स्वास्थ्य स्वयमसेविका लगायतलाई पूर्ण खोप सुनिश्चितलाई निरन्तर गर्नका लागि प्रतिबद्धता पत्रमा हस्तारक्षर समेत गरिएको थियो ।

उक्त कार्यक्रममा भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले वडामा रहेका स्वास्थ्य स्वयम सेविकाको स्वास्थ्य बिमा आफ्नो खर्चमा गरिदिने बताउनुभएको छ । उहाँले हाल वडामा कार्यरत ९ जना स्वयम सेविका पुराना ५ जनालाई स्वास्थ्य बिमा गरिदिने बताउनुभएको हो । आईतबार पालिकाको वडा नं. १ र ४ लाई पनि पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP