२०८२ बैशाख ४
April 17, 2025, Thursday

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा चयन

नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । युनियनको शुक्रवार बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति चयन भएका हुन् ।

Advertisement

अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्जा र कोषाध्यक्षमा सुरेन गुरुङ चयन भएका छन् । समितिको सदस्यहरुमा विप्लव कार्की ,जेनिसा पुरी ,मोहोन विक, विशाल विक ,नेत्रराज सुवेदी ,दलप्रसाद तिलिजा र विप्लव बानियाँ लगायत रहेका छन् ।

Advertisement

पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र,निष्पक्ष र व्यावसायिक पत्रकारितालाई अगाडी बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार बेनीमा भएको नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले संचार माध्यम र पत्रकारहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन ।

अधिवेशनमा प्रतिनिधिसभाका सदस्य खमबहादुर (खम्बिर) गर्बुजाले लोकतान्त्रिक आन्दोलन,शुसासन र आर्थिक विकासका लागि नेपाली प्रेस जगतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रेसका कमीकमजोरीहरु भएपनि आगमी दिनमा सुधार गर्दै प्रेस जगतलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । प्रेस जगत बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने उहाँको भनाई थियो ।

प्रेसलाई मर्यादित,सन्तुलित बनाउँदै दिगो व्यवस्थापनका लागि आवश्यक पर्ने नीति,नियम,कानून र ऐन निर्माणका लागि आफूले पहल गर्ने उहाँको भनाई थियो । मोफसलमा रहेका सञ्चार माध्यमको विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने सांसद गर्बुजाको भनाई थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपालको राजनीतिक आन्दोलन,आर्थिक विकास र सामाजिक क्षेत्रमा प्रेस जगतले खेलेको भूमिकालाई सम्मान गर्दै पत्रकारहरुको क्षमता विकास र सञ्चारमाध्यमको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले मोफसलमा रहेका स्वरोजगारमुलक संचारमाध्यमलाई बलियो बनाउन सरकारले दिने लोककल्याणकारी विज्ञापनलाई अझ व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कोरोना महामारीका कारण मोफसलका सञ्चारमाध्यमहरु संकटमा परेको बताउँदै उहाँले भन्नुभयो, ‘आर्थिक संकटका कारण कतिपय सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुगेका छन् । पत्रकारहरुको रोजीरोटी खोसीएको छ । त्यसैले,संचारमाध्यमको संरक्षण र पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय,प्रदेश र संघीय सरकार गम्भिर बन्नुपर्दछ ।’

गण्डकी प्रदेश सांसद विमला गौचनले पत्रकारहरुले जिल्लाको विकास र समृद्धिका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारहरु राजनीतिक दलको प्रभावबाट मुक्त भएर स्वतन्त्र,निष्पक्ष र सन्तुलित भएर कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।


अधिवेशनमा प्रेस युनियनका महासचिव दिलिप पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन,सामाजिक परिवर्तन र शुसासनका पक्षमा नेपाली प्रेसले खेलेको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक क्षेत्रमा भएका विकृति र शुसासनका पक्षमा प्रेसको खबरदारीका कारण सरकारको आँखा खुलेको बताउनुभयो । पत्रकारहरुले पनि आफूमा भएको कमिकमजोरीहरुलाई सुधार गर्दै व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।


संविधानसभा सदस्य रेशम बानियाँले म्याग्दीमा पत्रकारहरुले खेलेको भूमिका सकरात्मक भएको बताउनुभयो । अधिवेशनमा, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रेस युनियनका केन्द्रिय सचिव नरहरी सापकोटा,सदस्य माया अधिकारी,गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल , प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रताप बानियाँ,प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री,म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ र ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कोमलप्रसाद उपाध्यायले व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिँदै कोरोना महामारीका कारण समस्यामा परेका पत्रकार र संचारमाध्यमको सवलीकरणका लागि जोड दिनुभएको थियो ।

अधिवेशनका अवसरमा प्रेस युनियन म्याग्दीले स्थापना गरेको अध्यक्षकोषबाट अग्रज पत्रकारद्धाय अजयमिलन श्रेष्ठ र विक्रम बोगटीलाई दोसल्ला,सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । प्रेस युनियनका उपाध्यक्ष धनिलाल गर्बुजाको स्वागत,अध्यक्ष राकेश शर्माको अध्यक्षता र सचिव साधन राम्जालीको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० बैशाख २२, शुक्रबार १५:३४

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० बैशाख २२, शुक्रबार १५:३४

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८० बैशाख २२, शुक्रबार १५:३४

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP