२०८३ श्रावण १०
July 26, 2026, Sunday

‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गरेको टिप्पणी गर्नुभएको छ ।
आधिकारिक पुष्ट्याई, प्रमाण र तथ्य विना आफ्नो नाम र तस्विर प्रयोग गरि केही अनलाइनले प्रकाशन गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर सामाजिक सञ्जाल मार्फत चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति सांसद जुग्जालीले गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
बेनी स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार भेटघाटमा पार्टीका जिल्ला संयोजक समेत रहेका जुग्जालीले प्रकाशित समाचारको खण्डन गर्दै भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

Advertisement

“राजनीतिक पूर्वाग्रह, प्रतिसोध साध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेसित काल्पनिक सूचनालाई आधार बनाएर ‘नक्कली शरणार्थी’ प्रकरणमा मलाई जोडेर प्रकाशित समाचारको खण्डन र आरोप लगाइएको विषयमा संलग्नता नरहेको स्पष्ट पार्छु,” जुग्जालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

गलत र तथ्यहित सूचनालाई आधार मानेर मेरो तस्विर प्रयोग गरेर युट्युव च्यानल र टिकटकमा एकपक्षीय हिसाबले प्रकाशित सञ्चार सामग्री र सोहीलाई आधार मानेर मेरो विषयमा दुषप्रचार गरिएकोमा घोर आपत्ति जनाउँदै दुषप्रचार गर्ने र भ्रम फैलाएर चरित्र हत्या गर्न खोज्नेहरुका विरुद्ध प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको बताउनुभयो ।

आरोपको पुष्टि गर्न र प्रमाण सहित उजुरी गर्न चुनौति दिदै जुग्जालीले पिडित सर्वसाधारणको न्यायका लागि लड्ने प्रतिवद्धता जनाउनुभयो । “म्याग्दीबासीले जुन बिश्वास र भरोसा गर्नु भएको छ त्यो जिम्मेवारी बाट कुनै पनी हालतमा दायाँ बायाँ गर्ने छैन,” उहाँले भन्नुभयो “मेरो बल बुद्धिले भ्याए सम्म समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्ने छु । सार्वजनिक व्यक्तिले विभिन्न विषयको सामना गर्नु पर्ने बारेमा म जानकारनै छु । म विरूद्ध भएका षड्यन्त्रहरूको व्यवहार बाटनै जवाफ दिदै जान्छु ।”

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP