२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गरेको टिप्पणी गर्नुभएको छ ।
आधिकारिक पुष्ट्याई, प्रमाण र तथ्य विना आफ्नो नाम र तस्विर प्रयोग गरि केही अनलाइनले प्रकाशन गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर सामाजिक सञ्जाल मार्फत चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको प्रति सांसद जुग्जालीले गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
बेनी स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार भेटघाटमा पार्टीका जिल्ला संयोजक समेत रहेका जुग्जालीले प्रकाशित समाचारको खण्डन गर्दै भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

Advertisement

“राजनीतिक पूर्वाग्रह, प्रतिसोध साध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेसित काल्पनिक सूचनालाई आधार बनाएर ‘नक्कली शरणार्थी’ प्रकरणमा मलाई जोडेर प्रकाशित समाचारको खण्डन र आरोप लगाइएको विषयमा संलग्नता नरहेको स्पष्ट पार्छु,” जुग्जालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

गलत र तथ्यहित सूचनालाई आधार मानेर मेरो तस्विर प्रयोग गरेर युट्युव च्यानल र टिकटकमा एकपक्षीय हिसाबले प्रकाशित सञ्चार सामग्री र सोहीलाई आधार मानेर मेरो विषयमा दुषप्रचार गरिएकोमा घोर आपत्ति जनाउँदै दुषप्रचार गर्ने र भ्रम फैलाएर चरित्र हत्या गर्न खोज्नेहरुका विरुद्ध प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको बताउनुभयो ।

आरोपको पुष्टि गर्न र प्रमाण सहित उजुरी गर्न चुनौति दिदै जुग्जालीले पिडित सर्वसाधारणको न्यायका लागि लड्ने प्रतिवद्धता जनाउनुभयो । “म्याग्दीबासीले जुन बिश्वास र भरोसा गर्नु भएको छ त्यो जिम्मेवारी बाट कुनै पनी हालतमा दायाँ बायाँ गर्ने छैन,” उहाँले भन्नुभयो “मेरो बल बुद्धिले भ्याए सम्म समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्ने छु । सार्वजनिक व्यक्तिले विभिन्न विषयको सामना गर्नु पर्ने बारेमा म जानकारनै छु । म विरूद्ध भएका षड्यन्त्रहरूको व्यवहार बाटनै जवाफ दिदै जान्छु ।”

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० बैशाख २३, शनिबार १४:५५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० बैशाख २३, शनिबार १४:५५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० बैशाख २३, शनिबार १४:५५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP